Nepal's No. 1 Digital Newspaper

पृथ्वीनारायणका जीवन्त दृष्टिकोणहरु उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी

२७ पुष, काठमाडौं । पृथ्वीनारायण शाहको २९८औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले जनचाहनालाई सर्वोपरी ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरु आजपनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले भण्डारीले नेपाली समाज साँस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गर्नुभएको उल्लेख गर्नुभएको छ ।

पृथ्वीनारायण शाहको सन्देश र व्यवहारबाट उहाँ जनताबीच भावानात्मक एकिकरण गर्नुपर्ने कुरामा सजग हुनुहुन्थ्यो भन्नुहुदै राष्ट्रपतिले सन्देशमा छरिएर रहेका अनेकौं राज्यहरुलाई एकिकृत गरी सुदृढ नेपाल निर्माण गर्ने अनिवार्य आवश्यकता एकीकरण अभियान सफल भएको उल्लेख गर्नुभएको छ ।।

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.