Nepal's No. 1 Digital Newspaper

ऐतिहासिक रानी पोखरी पुन: निर्माणको काम तीव्र

२७ पुष, काठमाडौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको छ । अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ । पोखरीको ४६ प्रतिशत काम सकिएको छ । पोखरीको सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ ।

गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो । निधार्रीत समयमै सक्नेगरी कामले गति लिएको प्राधिकरणको दाबी छ । बालगोपालश्वर मन्दिरमा काठको काम भइरहेको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आगामी वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्ने पाउनेछन् ।

Order Now: 98510-87891

रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाख रुपैया बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड रुपैया बजेट विनियोजन गरेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.