Nepal's No. 1 Digital Newspaper

सभामुखको उम्मेदवार टुंग्याउन ओली–दाहाल बालुवाटारमा

काठमाडौँ — संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा पार्टीको उम्मेदवार टुंग्याउन सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ । 

नेकपा सचिवालयको शनिबार बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट उपसभामुख बनेकी हुन्। उपसभामुख तुम्बाहाङ्फेले भने आफूले राजीनामा नदिने र आइतबारको बैठक आफै‌ंले चलाउने बताएकी थिइन् ।

Order Now: 98510-87891

प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टादेखि जारी छलफलमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएकाे छ।


कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहिन छ। नेकपामा सभामुखका लागि वर्तमान उपसभामुख तुम्बाहाङ्फे, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र अग्नी सापकोटा आकांक्षी छन्।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.