Nepal's No. 1 Digital Newspaper

प्रदेश ३ को राजधानी हेटौंडा, दुई तिहाईले प्रस्ताव स्वीकृत

काठमाडौं । मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गरिएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले आइतबार बसेको प्रदेशसभा बैठकमा हेटौंडालाई प्रदेशको राजधानी घोषणा गरेका हुन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटीले हेटौंडालाई राजधानी बनाउने निर्णय गरेको थियो । यस्तै नेकपा सचिवालय बैठकले पनि हेटौंडालाई राजधानी बनाउने निर्णय गरेको थियो । 

Order Now: 98510-87891


प्रदेश ३ को राजधानी हेटौंडाको पक्षमा एक सय पाँच र विपक्षमा तीन मत परेको थियो । प्रदेश ३ को राजधानी मकवानपुरको हेटौंडा तोकियोस् भन्ने प्रस्तावको पक्षमा एक सय पाँच मत परेकाले उक्त प्रस्तावको पक्षमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमत भएकाले प्रदेश ३ को राजधानी हेटौंडा तोकियोस् भन्ने प्रस्ताव दुईतिहाइले पारित भएको घोषणा गर्दछु,” सभामुख श्रेष्ठले भने ।

यसअघि प्रदेश ३ को स्थायी राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत भएको थियो । हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रस्तावको पक्षमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त) ले मत दिएका थिए । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.