Nepal's No. 1 Digital Newspaper

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको औपचारिक निर्णय

हेटौडा । अन्तत नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो ।

बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र वागमतीमा सहमति भएको बताए । ‘राजधानी हेटौंडा र नाममा वागमती सहमति भएको छ’ मुख्यमन्त्री पौडेलले रातोपाटीसँग भने । 

Order Now: 98510-87891

यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए । नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन् ।

उनले आफुहरुको फरकमत सम्पतिका रुपमा राख्ने भन्दै प्रस्तावमा सहमति जनाएको बताइन् । ‘अब सहज अवतरण भयो । यसले नेतृत्वलाई पनि पाठ सिकाएको छ’ शाक्यको भनाई छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.