राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज निर्वाचन चिन्ह प्रदान गरिने
काठमाडौं, पुष २५: राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी अपरान्ह ४ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि आउदो माघ ९ गते निर्वाचन हुँदैछ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो ।
मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।।