नेपालमा आपराधिक गतिविधिमा संलग्न विदेशीको संख्या बढ्दो
२५ पुष, काठमाडौं । नेपालमा विभिन्न गैह्र कानूनी र आपराधिक गतिविधिमा संलग्न विदेशीको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार गतबर्षमात्रै गैह्र कानूनी र आपराधिक गतिविधिमा संलग्न ६६८ जनालाई नेपालबाट निष्कासन गरिएको छ । आर्थिक बर्ष २०७३/७४ मा ४०० जना विदेशीलाई निष्कासन गरिएको थियो भने गत आर्थिक वर्षमा ६६८ जनालाई सरकारले निष्कासन गरिएको हो । यो बर्व अहिलेसम्म ४४६ जना निष्कासन भइसकेका छन् ।
नेपालमा नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी, लागुऔषध, हातहतियार ओसारपसार, यौन दुराचार, अभद्र व्यवहार, कल बाइपास, सङ्गठित अपराध जस्ता घटनामा विदेशीहरुको संलग्नता बढेको छ । निष्कासनमा परकामध्ये सबैभन्दा धेरै प्रवेशाज्ञामा तोकेकोभन्दा बढी समय बस्नेहरु रहेको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताउनु भयो ।।