Nepal's No. 1 Digital Newspaper

ललितपुर र चौतारा फाइनलमा

२४ पुस, काठमाडौं । आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधिका लागि भिड्ने भएका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको सेमिफाइनलमा जित निकाल्दै ललितपुर र चौतारा फाइनल पुगेका हुन्  ।

Order Now: 98510-87891

चौताराले पहिलो सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई ३(१ को सेटमा पराजित गर्यो । चौताराले महालक्ष्मीलाई २५(१४, ३५(३३, १८(२५ र २५(१७ को सेटमा पराजित गर्यो ।
दोस्रो सेमिफाइनलमा कमलामाई नगरपालिकालाई ३(० को सेटमा पराजित गर्दै ललितपुर पनि फाइनलमा पुगेको हो ।

ललितपुरले कमलामाईलाई २५(१५, २५(१५ र २५(८ को सेटमा पराजित गर्दै चौतारासँगको भेट पक्का गरेको हो ।

महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने छन् ।
महिला र पुरुष दुवैको फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५र१५ हजार पाउने छन् ।

यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५र५ हजार पाउने छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.