Nepal's No. 1 Digital Newspaper

१२२ चिनियाँ देश निकाला, चार वर्ष नेपाल छिर्न नपाउने

काठमाडौंमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार देश निकाला गरिएको छ। अध्यागमन विभागले जनही एक हजार रुपैयाँ जरिवाना तिराएर उनीहरुलाई स्वदेश फर्काएको हो। विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार चिनियाँलाई चार वर्ष नेपाल छिर्न प्रतिबन्ध लगाइएको छ।

महानिर्देशक पौडेलका अनुसार त्रिभुवन विमानस्थलबाट एउटा विमान अहिले साँझ साढे छ बजे चीन उडेको छ। चीनबाट आएकामध्ये पहिलो विमान चाइना इस्टर्नले ४२ चिनियाँ लिएर उडेको विमानस्थल प्रहरीले उल्लेख गरेको छ।

Order Now: 98510-87891

यसका साथै उनीहरुको पासपोर्ट कालोसूचीमा राखिएको छ। चिनियाँ नागरिकलाई नेपाल भ्रमण भिसामा आएर अरु नै गतिविध गरेको देखिएकाले देश छिर्न प्रतिबन्ध सहित पासपोर्ट कालोसूचीमा राखेको अध्यागमनले जनायो।

देश निकालामा परेका चिनियाँलाई लिन काठमाडौंमा बुधबार दुई वटा चार्टर्ड चिनियाँ विमान आएका थिए। नेपालस्थित चिनियाँ दूतावासको पहलमा उनीहरुलाई लिन दुई विमान आएका हुन्।

अर्को विमान चाइना साउथर्न दुई घण्टा पछि ८० जना चिनियाँ बोकेर उड्ने विमानस्थल प्रहरीले जनायो।

त्यसअघि ती चिनियाँलाई काठमाडौंमा पक्राउ गरेर अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको थियो। सो मुद्दामा जनही एक हजार रुपैयाँले जरिवाना तिराइएको थियो। अध्यागमनका अनुसार १२२ मध्ये ६७ जनाको रहादानी थियो बाँकी रहादानी नभएका चिनियाँलाई नेपालस्थित चिनयाँ दूतावासले ट्राभल डकुमेन्ट बनाएर देश निकालाको प्रकृया पूरा गरिदिएको थियो।

राहादानी नभएका चिनियाँ त्यहीका नागरिक रहेको दूतावासले प्रमाणित गरेपछि ट्राभल डकुमेन्ट बनाइएको अध्यागमनको दाबी छ। ‘दूतावासले चिनियाँ नै रहेको प्रमाणित गरेपछि उनिहरुको ट्रभल डकुमेन्ट बनाइएको हो’ महानिर्देशक पौडेलले सेतोपाटीसँग भने।

केन्द्रीय अनुसन्धान ब्युरोको अग्रसरतामा चिनियाँलाई पक्राउ गरिएको थियो। साईबरजन्य अपराध गरेको भन्दै प्रहरीले पक्राउ गरेपनि सो कसुर स्थापित नभएको दाबी गर्दै प्रहरीले उनीहरुलाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको थियो।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.