Nepal's No. 1 Digital Newspaper

आक्रमणले इरान तल पर्‍यो, इराकमा मानवीय क्षति भएको छैन – ट्रम्प

२४ पुस, काठमाडौं । इराक स्थित अमेरिकी हवाई अड्डामा क्षेप्यास्त्र आक्रमणपछि इराक र अमेरिका बीच हुन सक्ने सम्भावित युद्ध राष्ट्रपति ट्रम्पको सम्बोधन पछि तत्कालका लागि टरेको छ । इराक भ्रमणमा रहेका बेला केही दिन अघि इरानी उच्च सैनिक कमाण्डर कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि  त्यसको बदलामा इरानले हिजो इराक स्थित दुई वटा हवाई अड्डा एयरविल र अल असदमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले गरेको आक्रमणबाट अमेरिकी सेना तथा कुनै पनि इराकी नागरिकको मृत्यु नभएको बताउँदै राष्ट्रपति ट्रम्पले तत्काल इरान माथि सैन्य कारवाहीको आवश्यकता नरहेको बताउनु भयो ।

ह्वाइट हाउसबाट एक भिडियो सन्देश जारी गर्दै उनले कुनै पनि मानवीय क्षति नभएको दाबी गरेका हुन् । ट्रम्पले अमेरिकी सेनालाई आवास दिइरहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर इरान तल परेको टिप्पणीसमेत गरेका छन् ।

Order Now: 98510-87891

उनले भिडियो सन्देशमा भनेका छन्, ‘इरानको आक्रमणबाट अमेरिकी वा इराकी कसैको पनि ज्यान गएको थिएन, यो आक्रामणले इरान आफैं तल परेको छ ।’ गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारिएका थिए ।

घटनापछि इरान र अमेरिकाबीचको कटुता उत्कर्षमा पुगेको छ । यहीबीच मंगलबार राति इरानले इराकस्थित सैन्य बेस क्याम्पमा आक्रमण गरेको हो । इरानले आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने पूर्वघोषणा अनुरूप आक्रमण थालेपछि मध्यपूर्व अशान्त बन्न पुगेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.