इरानमा १ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना ,यात्रुको अवस्था अझै अज्ञात
इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ ।
प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।
। इरानको राजधानी तेहरानस्थित युक्रेनको बोइङ ७३७ विमानमा रहेका १८० यात्रुको अवस्था अझै खुलेको छैन । आज बिहान सो विमान उड्नासाथ दुर्घटनामा परेको थियो ।
उक्त विमान युक्रेन इन्टरनेसनल एयरलाइन्सको भएको जनाइएको छ । प्रारम्भिक विवरण अनुसार सो विमान युक्रेनको राजधानी किभिभतर्फ जान लागेको थियो । दुर्घटना अहिलेको अमेरिका र इरानबीचको तनावसँग सम्बन्धित हो कि होइन भन्ने खुलेको छैन ।
उद्धार दललाई दुर्घटनाग्रस्त क्षेत्रमा पटाइएको जनाइएको छ । रोयटर्सका अनुसार विमानमा आगो लागेको तर क्रुहरु पठाइएकाले केही यात्रु बच्न सक्ने इरानको इमर्जेन्सी सर्भिसका प्रमुख पिरहुसेन कोउलिभान्डले बताएका छन् ।
विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन । त्यस्तै, समाचार एजेन्सीले जारी गरेको तस्विरमा विमानको भगनावशेष यत्रतत्र छरिएको देखिएको छ ।
विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
यता, इरानको रेड क्रिसेन्टले दुर्घटनामा जीवित हुने कुनै सम्भावना नरहेको जनाएको छ ।