Nepal's No. 1 Digital Newspaper

वाणिज्य बैंकको जागिरबाट राजिनामादिएर कृषिकर्ममाकँडेल

२२ पौष, रौतहट संबादाता । रौतहटको बृन्दावन नगरपालिकामा ब्यवसायिक रुपमा मेवा र कागती खेती शुरु गरिएको छ । मनग्य आम्दानी हुने र प्रतिफल चाडै पाउने भएपछि बजारमा मेवा र कागतीको माग सधै रहने भएपछि जिल्लाको बृन्दावन नगरपालिका वडानम्वर एकको रमौली स्थित ३५ विगाहा बाझो रहेका नीजि जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट मेवा र कागती खेती शुरु गरिएको हो । यहाका स्थानीय पछिल्लो समयमा मेवा र कागती खेतीप्रतिआकर्षित हुनथालेका छन् ।

बेलाएग्रो फर्म प्रालिका सन्चालक तेजेन्द्र कँडेलको ३१ विगाहाजमिन र अन्यकिसानको गरि ६० विगाहाजमिन क्षेत्रमा मेवा र कागतीसंगै अन्य तरकारी र अन्नबालीलगाउने योजना रहेको एग्रो फर्म सन्चालक कँडेलले बताए । राजधानी काठमाडौंको बाफलनिवासी कँडेलले गतदुई वर्षअघिदेखि व्यावसायिकतरिकाले एकिकृत कृषि,फलफुलतथा तरकारी खेतीलगाएको हो ।

Order Now: 98510-87891

पछिल्लो समय कृषकले व्यावसायिकतवरबाट मेवा र कागती खेतीलगाउनथालेको जिल्लामै संभवत यो पहिलो रहेको छ । कँडेलले २० वर्ष राष्ट्रिय बाणिज्य बैंकको अधिकृतस्तरको लेखा परिक्षक जागिरबाट राजिनामादिएर कृषिकर्ममा रमाउनथालेकाहुन् । गत २०७० सालमाजागिर छाडेपछि केही न केही गनुपर्छ भनेर कृषि क्षेत्रमाआएको उनले बताए ।

राम्रै धान, गहुँ र मुसुरो उत्पादनहुने तीनविगाहाजमिनमाउहाँले रेड लेडी ७८६ प्रजातीको मेवा र १० विगाहाजमिनमा सुन कागतीनामकजातको तीनतीनहजार मेवा र कागतीको बोट लगाएकाछन् । उनकाअनुसार,गत साउनमाबाराको जितपुरबाट मेवाको बिरुवाप्रतिगोटा एकसयपचास रुपैयाका दरले खरिद गरि लगाइएको हो । सुन कागतीकाबिरुवाभने गोर्खा जिल्लाबाट ल्याइएको हो । हालसम्मकुनै निकायबाट कुनै किसिमको अनुदाननलिइएको जनाउदै कँडेलले अनुदानमाआधारित नभई नीजिलगानीमा यस खेतीलगाइएको जानकारी दिए ।

हालसम्मआउदालगानीको तथ्याङ्कएकिननभएपनि ३० लाख रुपैया बराबरको खर्च भएको उनले जनाए । शुरु शुरुकावर्ष भएकाले लगानीभित्रिनसकेपनिअव मेवा र कागतीले उत्पादनदिनथालेपछिमुनाफा राम्रै हुने उनको विश्वास छ ।

देशमाबाहिरबाट ठूलो परिमाणमा मेवा र कागतीभित्रिएको छ, यहाँको उत्पादननहुदाबाहिरबाट ल्याउनुपर्ने बाध्यता छ, यो देखेर अन्नबाली राम्रै उब्जनीहुने जग्गामाआफुले मेवा र कागती खेतीमाजोड दिएको उहाँले जनाउनुभयो ।

उलले स्थानीयगाउलेसमेतलाई यस खेतीतर्फ आकर्षित गर्नकालागिप्राविधिक सहयोग,प्रविधिदिन र बजारीकरणमा सहजीकरण गर्ने जनाउदै मेवा र कागती खेतीको दायरा फराकिलो पार्न लगाएको जानकारी दिए ।

पहिलावर्षमा माटो बनाउने काममालागेकाले खाली रहेको बिगौं विगाहाजग्गा सदुपयोग गर्दै दुई वर्षअघिदेखि व्यावसायिकरूपमा मेवा र कागतीलगाएतकाअन्य खेतीलगाउनथालेको उनले बताए ।

यो वर्ष पनिविस्तार गर्ने उनको योजना छ ।अहिले उनले मकै,गहुँ,भन्टा,लौका,टमाटर जस्ता अन्यमिश्रित बालीले समेत उत्पादनदिनथालेको उनले बताए । बाझो जग्गाप्रयोगमाआउने र आम्दानीपनिहुने हुदा मेवा र कागतीमाजोड दिँदै ब्यवसायिकतवरले उनीअघि बढेकाहुन् । उनले लगाउनथालेको मेवा र कागती खेतीमा सिंचाई सुविधाकालागिबोरिगाडिएको छ भने १५ जनाकिसानले प्रत्यक्ष दैनिक रोजगारी पाएका छन् । यस खेतीकालागिचितवन, गोर्खालगाएतका क्षेत्रमापुगेर अध्ययन गरेर आएको जनाउदै उनले मेवा र कागतीलगाएतका खेतीमाप्राविधिक ज्ञानका लागिश्यामसेवकयादवनामक एक जना जेटिए खटिएको बताए ।

रमौलीगाउपुर्वको मेवाबारी क्षेत्रको माटो परिक्षण गर्दा कागती र मेवाकालागिउपयुक्त रहेको देखिएको उनले जानकारी दिदै उत्पादनभन्दापनिबजारीकरणमा ध्यानदिन सकेमा मेवा र कागतीबाट राम्रो आम्दानीहुने कँडेलको दावि छ । उनले भने यो क्षेत्रमा खेतीकालागि सम्भावनाबोकेको छ, बिक्रीकालागिबजार सहज, भौगोलिक भू–बनोट मिलेको हुदा मेवा र कागतीलगाएतका खेतीलगाएर कृषकले मनग्यआम्दानीगर्न सक्छन् ।

यस वडालाई मेवा र कागतीसहितको कृषिपकेट क्षेत्रका रुपमाविकास गर्ने योजना रहेको बृन्दावननगरपालिकाले जनाएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.