Nepal's No. 1 Digital Newspaper

मेडिकल कलेजमाआर्थिक नाकाबन्दीलगाइनेछ : चिकित्साशिक्षा सघर्ष समिति

काठमाडौं, २२ पौष । चिकित्साशिक्षा संघर्ष समितिले मेडिकल कलेजमाआर्थिक नाकाबन्दीलगाउने चेतावनीदिएका छन् । आज रिपोर्टर्सक्लब नेपालमापत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजकप्रकाशचन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवातचितवन मेडिकल कलेजबाट गरिने चेतावनीदिएकाहुन् ।

‘शुल्कफिर्ता नगरे कठोर आर्थिक नाकाबन्दीलगाउनेछौं,’चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुपमाचितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दीलगाइनेछ ।’आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँगविद्यार्थीले मागेको अत्यावश्यकमागहरु लागू नगरेमावा पूरा नगरेमा कठोर निर्णय लिनवाध्यहुने उनको चेतावनीथियो । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमाजाने अवस्थामापुग्नलागेको उनको भनाई थियो ।

Order Now: 98510-87891

चन्दले चिकित्साशिक्षामा चरम लुट, भ्रष्टाचार र कालोबजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्तट गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नयाँउचाईमा पु¥याइने बताए । आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने ‘हाम्रो आन्दोलन रोकेका छैनौ यसको रुप परिवर्तन हुनेछ ।’ अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाई थियो । माफियासंग लड्न सडकबाट बलिदान समेत दिनतयार रहेको उनले बताए । उनले भने‘न्यायनपाएसम्महामीले गरेको आन्दोलन रोकिने छैन् ।’ नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमाप्रस्तुतहुने बताए । पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभए सम्म अब तिर्नु पर्ने पैसामारोक लगाउने बताए । उनले भने,‘माफिया र माफियासंग मिलेका सम्बन्धितनिकायसम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं ।’ मेडिकल शिक्षामाफियामुक्तबनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो । उनले भने,‘सरकारले खुल्ला रुपमाभन्नुपर्यो कि हामीमाफियालाई साथ दिन्छौं ।’ राज्यलगायत सम्पूर्ण सरोकारवालालाचार रहेको उनले बताए ।

संघर्ष समितिकीमान्यताथापाले सरकार मेडिकल विद्यार्थीको जायजमागमागम्भीर नरहेको आरोप लगाइन् । पाँचमहिनाअगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रतिगम्भीर नरहेको बताइन् । उनले भनिन्,‘मंसिर १० बाट मन्त्रीपरिषदबाट गरिएको निणर्यले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्कफिर्ता गर्ने निणर्य कार्यवान्यनभएको छैन् ।’ पहिलो र दास्रो वर्षका विद्यार्थीहरुको मात्र रकम समायोजन नगरी सम्पूर्ण पारा मेडिक्सको शुल्क समायोजन गर्न मागगरिन् । अतिरिक्त शुल्कफिर्ताको मागगर्दा लात र जुत्ताखानुपरेको उल्लेख गरिन् ।

मेडिकल कलेजकाविद्यार्थी सुक्रान्तपौडेलले पाँचमहिनादेखि जारी आन्दोलनले कुनै निष्कर्ष नआएकोले आन्दोलनको स्वरुपबदलेको बताए । सरकारले मेडिकल माफियाहरुलाई न्यायको कठघरामाल्याउननसकेको भन्दै आन्दोलनको स्वरुपबदल्नवाध्यभएको बताए । उनले भने,‘एमबिबिएस र बिडिएसलाई मात्र सरिकारले सम्वोधन गरेको उल्लेख गर्दै सरेकारवालाहरु माफियासंग टेबलमुनिबाट पैसा लिएको आरोप लगाए । उनले भने,‘सरकारलाई सबै कुरा थाहाहुँदापनि केहीकदमचालेन ।’

कार्यक्रममाअभिभावक महेश अधिकारीले एतिहासिकआन्दोलनले सरकारले केहीगर्ननसकेको गुनासो पोखे । अभिभावकलाई अतिरिक्त शुल्कको चापमाअझै राखिएको उनको भनाई थियो । सरकारले कारबाही गर्छु भन्दापनिकेहीगर्न नसकेको बताए । शुल्कफिर्ता नभएसम्म अब तिर्नुपर्ने कुनैपनिशुल्कनतिर्ने उनको भनाई थियो ।आफूहरुको माग सम्बोधनगर्ने गरी वार्ता राम्रोसंग भएकलेज खुलाउनतयार रहेको बताए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.