Nepal's No. 1 Digital Newspaper

सेल्फी किङ्ग’को अफिसियल टेलर सार्वजनिक

काठमाडौं २२,काठमाडौं माघ चौबीस गते रिलिजको तयारी रहेको चलचित्र ‘सेल्फी किङ्ग’को अफिसियल टेलर सार्वजनिक गरिएको छ । बिपिन कार्कीको मुख्य अभिनय रहेको यो चलचित्र फरक कमेडि जनरामा निर्माण भएको चलचित्र हो ‘सेल्फी किङ्ग’ । रिलिज टेलरमा बिपिन कार्कीलाई सेल्फी किङ्ग’ नामले परिचित हाँस्य कलाकारको रूपमा प्रस्तुत गरिएको छ ।

एउटा कलाकारले आफ्नो स्टाडम र सफलताको लागि गरिएको संघर्ष यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथालाई यसमा प्रस्तुत गरिएको छ। बिशाल सापकोटाको निर्देशन एवम् सुभाष थापा र दिनेश राउतको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रमा सह निर्माताको रूपमा राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।चलचित्रको कथा निर्देशक बिसाल सापकोटा कै रहेको छ ।

Order Now: 98510-87891

चलचित्रमा विपिन कार्की संगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ भने अभिनेत्री केकी अधिकारीले पाहुना कलाकारको रूपमा अभिनय एवम् एउटा ’जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.