Nepal's No. 1 Digital Newspaper

ग्लोबल कलेज अफ हस्पिटालिटीमा अत्याधुनिक ट्रेनिङ प्रयोगशाला

काठमाडौं, २२ पौष – पुरानो बानेश्वर स्थित ग्लोबल कलेज अफ हस्पिटालिटी म्यानेजमेण्टले अत्याधुनिक ट्रेनिङ प्रयोगशाला संचालनमा ल्याएको छ । अस्ट्रेलियाली शिक्षालाई आधुनिक स्तरमा नेपालमा नै दिलाउने उदेश्यका साथ हस्पिटालिटी बिषय अध्ययन गर्ने बिद्यार्थीहरुको शिक्षण सिकाईमा सहयोग पुर्याउने हेतु कलेजले उक्त प्रयोगशाला संचालनमा ल्याएको हो ।

मंगलवार जनवरी ७ तारिखका दिन कलेज प्रांगणमा आयोजित एक कार्यक्रम माझ पूर्व गभर्नर डा. तिलक रावल, करन सिंह ठगुन्ना, डा. गंगा दाहाल एबम ग्लोबल संचालक समुहले संयुक्त रुपमा उक्त प्रयोगशालाको शुभारम्भ गरे । कार्यक्रम माझ करन सिंह ठगुन्नाले ग्लोबल ग्रुपले नेपालमा रहेको बेरोजगारी समस्या हल गर्न सघाउ पुर्याउने जनाए ।

Order Now: 98510-87891

सो अवसरमा ठगुन्नाले ट्रेनिङ प्रयोगशाला सम्बन्धी जानकारीमुलक सन्दर्भ स्रोतहरु वेब साइट, सोसल मिडिया र ब्रोसर सार्वजनिक गरिएको जानकारी दिदै नयाँ भर्ना योजना बारे प्रकाश पारेका थिए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.