मालपोत कार्यालय साँखुका नायव सुब्बा घुससहित पक्राउ
२२ पुस, काठमाडौं । साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेल घुस रकमसहित पक्राउ परेका छन् । लेखापढी ब्यवसायी श्रीराम सापकोटा सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा कुइँकेलसहित सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।
मालपोत कार्यालय साँखु परिसरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिइएको टोलीले कुइँकेल र सापकोटालाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।