Nepal's No. 1 Digital Newspaper

कासिम सुलेमानीको हत्यापछि इरानले डोनल्ड ट्रम्पको टाउकोको मूल्य तोक्यो

अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । 

आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर लगभग ९ अर्ब रुपैयाँ तोकिएको हो ।

Order Now: 98510-87891

जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ ।  ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ । 

मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।#भिडियो समाचार


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.