Nepal's No. 1 Digital Newspaper

विद्या भन्छिन्, ‘तीन खानको फिल्मभन्दा ठूलो ओपनिङ चाहन्छु’

अभिनेत्री विद्या बालन आफ्नो फिल्मका लागि बलिउडका पुरुष कलाकार, विशेषगरि तीन खान (सलमान, शाहरुख र आमिर) को फिल्मभन्दा ठूलो ओपनिङ चाहन्छिन् । साथै, उनले अहिले बलिउडमा अभिनेत्रीहरुलाई जसरी पर्दामा पेश गरिएको छ त्यो निकै रोचक रहेको बताएकी छन् । उनले हाँस्दै अगाडि भनिन्, ‘मलाई तीन खानभन्दा ठूलो ओपनिङ चाहिएको छ ।’

‘म लोभी छु । मलाई लाग्छ कि हिन्दी फिल्ममा अहिले चाखलाग्दो समय चलिरहेको छ । यो दशकलाई लिएर म निकै आशान्वित छु । अहिले मलाई जुन प्रकारको फिल्म मिलिरहेको छ त्यसलाई लिएर म चकित छु,’ उनी खुसी सुनिइन् ।  ‘कहानी’, ‘परिणीता’, ‘तुम्हारी सुलु’, ‘लगे रहो मुन्ना भाई’ र ‘पा’ लगायतमा काम गर्न पाएकोमा अभिनेत्री विद्या आफूलाई भाग्यमानी ठान्छिन् ।  विद्याको पछिल्लो रिलिज फिल्म ‘मिशन मंगल’ थियो । यो फिल्म बक्सअफिसमा हिट सावित भएको थियो । साथै, उनको अभिनयको पनि निकै प्रशंसा भएको थियो । 

Order Now: 98510-87891

बलिउड अभिनेत्रीमा विद्या एक यस्तो कलाकार हुन्, जसको फिल्मको खान र अक्षय कुमारको फिल्म जस्तै ठूलो ओपनिङ मिल्ने गर्दछ । विद्या चाँडै अनु मेनन निर्देशित फिल्म ‘शकुन्तला देवी’ मा देखिँदैछिन् ।  यसमा उनले शकुन्तला देवीको चरित्र निभाएकी छन्, जो एक चर्चित म्याथम्याटिशियन हुन् । सानैदेखि आफ्नो अद्भुत क्षमताले शकुन्तला देवी विश्वलाई चकित बनाएकी थिइन् । उनको नाम ‘गिनिज बुक अफ दि वल्र्ड रेकर्ड’ मा पनि लेखिएको छ । आउँदो बर्षमा फिल्म प्रदर्शन हुने बताइएको छ । यो फिल्ममा निभाएको भूमिकालाई लिएर अभिनेत्री विद्या उत्साहित छिन् । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.