Nepal's No. 1 Digital Newspaper

काठमाडौं जेसिसको ५० औ पदस्थापना कार्यक्रम सम्पन्न

काठमाडौं, २१ पौष – काठमाडौं जेसिसको ५० औ पदस्थापना कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ । उक्त कार्यक्रममा सन २०१९ का सम्पुर्ण पदाधिकारी महानुभाबहरुलाई सम्मान पुर्बक बिदाइ गरी सन २०२० का नयाँ पदाधिकारीलाई स्वागत गरिएको छ । आईतवार आयोजित सो कार्यक्रम माझ सन् २०२० का अध्यक्ष मुकुन्द दाहालले नयाँ कार्य समिति बोर्डका सम्पुर्ण पदाधिकारीलाई सपथ खुवाए ।

२०२० का कार्यसमिति सदस्यलाई सपथ खुवाउनु अघि सन् २०१९ का अध्यक्ष भुवन कुमार श्रेष्ठले सन् २०२० का नयाँ कार्य समिति अध्यक्ष मुकुन्द दाहाललाई सपथ खुवाएका थिए । काठमाडौं जेसिसको ५० औ पदस्थापना कार्यक्रममा नेपाली कांग्रेसका नेता एन पी साउथको प्रमुख आथित्यतामा भएको थियो । उक्त कार्यक्रममा विभिन्न शाखाका जेसिस अध्यक्षको बाक्लो उपस्थिति रहेको थियो ।

Order Now: 98510-87891

समारोहमा काठमाडौं जेसिसको सन् २०२० को कार्यसमितिको कार्यकारी उपाध्यक्षमा अनुप श्रेष्ठ, रफी भण्डारी, करुणा थापा चयन भएका छन् भने महासचिवमा राम राजा ओझा, कोषाध्यक्षमा श्याम घिमिरे, सहकोषाध्यक्षमा रामेश्वर श्रीखडा चयन भएका छन् । त्यसैगरी, अन्यमा धुर्ब तिवारी, हेम भण्डारी, निरज प्रतीक र रितिका खरेल चयन भएको सह कोषाध्यक्षमा रामेश्वर श्रीखडाले जानकारी दिए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.