Nepal's No. 1 Digital Newspaper

श्रीमती र सम्बन्ध बिच्छेद – भाग २

सरु बजगाई

चलेको छ हुरि मन भित्र आधी र तुफान सरि,
त्येसै माथी आशुको बर्षा बर्शिन्छ घरीघरी,
पहिरो गैसक्यो आसा हरुको गलेर यो मन,
छैनन् अब बाकी खुशी कुनै पिडा मनै भरी…

Order Now: 98510-87891

म उहि पीडित सरु … पिडा त फेरी मलाई त्येही एयरपोर्टमा थपिएको थियोे मेरो साकारलाई मेरै आखा अगाडि बाट एम्बुलेन्समा लैजादा नि मैले देख्न नपाउनु भनेर ।

म उहि पीडित सरु … पिडा त फेरी मलाई त्येही एयरपोर्टमा थपिएको थियोे मेरो साकारलाई मेरै आखा अगाडि बाट एम्बुलेन्समा लैजादा नि मैले देख्न नपाउनु भनेर ।

बाबु आमाको छत्रछायामा हुर्केकि मेरो छोरी भर्खरै १८ पुरा भएर १९ लागेकी थि उस्को बाबाले उस्को मायाको कमि हुन नदिन अर्को बच्चा जन्माउने कुरामा पनि रोक लगाउनु भएको थियोे कहिल्यै कुनै कुराको कमि हुन दिएका पनि थिएनौ र उस्ले पनि केहि कुरामा जिद्दी गर्दैन थि,, ।

जस्को अनुहार देख्न म यति आतुर छु । रुदा रुदै थाकिसकेकी रैछु, तर पनि आशु आउन छोडेको थिएन ,पुस महिनाको चिसो अत्यन्तै बढदो रूपमा अघि बढिरहेको थियोे । हामी म छोरी प्रकुती गौरव र उस्को बाबा हस्पिटल तिर लाग्यौ उहा पुग्दा साकारलाई भित्र लगिसकेको रै छ अहिले भेट्न मिल्दैन भन्नुभयो म फेरि जोड्ले रुन थाले, छोरी आफ्नु आशु पुच्दै मलाई नरुनु मामु भन्दै थि,गौरव र उस्को बाबा घर तिर लाग्नु भयो उहाँको पनि बिरामी नै हुनुहुन्थ्यो ।

त्यो रात त्येतिकै त्येही बित्यो , सानो छदा प्रकुतीलाई खाना खुवाउन असाध्यै गाह्रो हुन्थ्यो र उस्को बाबाले, खाना नखाई सुत्यो भने भगवान रिसाउनु हुन्छ भगवान रिसाउनु भयो भने जे पनि हुनसक्छ भनेर कर गरि गरि खुवाउने गर्ने हुन्थ्यो ,, तर त्यो रात हामी आमा छोरिले नै बिहान् देखी केहि खाएका थियनौ र खानी नखाने कुरा पनि केहि भएन, ।

छोरी असाध्यै थाकेकोले हस्पिटलको बाहिरको टेबुलमा ममि म पल्टिन्छु अलि पर जानुन भनेर त्येही सुति । कठैबरा ! त्यो निर्देश निन्द्रा त न हो । बाबाकै पिरले नसुतेको दिन रात जति भएको थियोे । छोरी निदाई मेरो नै काखको सिरानी बनाएर । उस्को मुहारमा देखिएको हाम्रो आशले मलाई झन् झन पिरोल्न थाल्यो ।

बल्ल दिन बित्यो रात बित्दैन रात बित्यो दिन बित्दैन गरेर हामीले चार दिन कटाए पछि हस्पिटलले मेरो साकारलाई भेट्नी अनुमाति दियो ।

डाक्टरले एकपटकमा एकजनाले मात्र भेट्नु भनेकोले । छोरिले ममि हजुर पहिला भेटेर आउनु भनी अनि म भित्र रुममा प्रबेश गरे । डकटरले मलाई भित्र लेर जानु भयो । त्यो पल सम्झदा मलाई अहिले नि लाग्छ त्यो कतै धर्तीको नै कुनै ठाँउ होर जस्तो डर लागेर आउछ । वरिपरि कुनै सानु पानी तान्ने मेसिन चलेको झै आवाज छ । चारवटा बेडमा चारपटी बिरामी रे,लमतन्न सुताईएको छ ,लाग्छ कोहि जिउदो होलान जस्तो छैन ।

भित्ते घडी बजेको आवाज बुलन्ध् सुनिएको छ ।

अनि म आफै काम्न थाले । डाक्टरले मलाई साकार राखेको बेडमा नै लगेर हेर्नुहोस ? तपाईंको बिरामी भन्नुभयो । मैले यो मेरो बिरामी होइन भने, डाक्टरले झस्किदै किन होइन ? भनेर सोध्नु भयो ? म नजिकै गए र हेरे दुबै आखा बन्द छ । पुरा टाउकोमा बेन्डेज गरेको छ दुबै खुट्टामा पाटा राखिएको छ निधार भरी निलडाम जस्तो निलाङकार छ । मेरो आशुको पोखरी फुट्न थाल्यो मैले बाबा, मलाई हेर्नुसन एकचोटि भनेर रोए तर डाक्टरले मलाई उहाँलाई नछुनु होला प्लिज भन्नुभएको थियोे । मैले फेरि मेरो साकार म आए हेर त भने अह उहाँले मेरो बोलि सुन्नु भएन म रुन थाले मलाई बाहिर पठाइयो मलाई मेरो साकार छोडेर बाहिर निस्कन मनै थिएन ।

मलाई भित्र साकारलाई भेट्न जानेबेला प्रकुतिले भनेको थि ममि रुने भए, भयो म जान्छु नरोइ आउनु नि ल, मैले हुन्छ भनेको थिए तर त्यो बाचा पुरा गर्न सकिन । म पुन रुदै फर्किए! छोरीले मेरो हातमा समाएर बनि मामु, अस्ति भर्खरै बिहा गरेको नरेश अन्कल बितेर त अन्टिले गर्वमा आफ्नो नासो बोकेर ठुलो आशामा खुशी भएर बाच्नु भएको छ । हजुरको साथमा त म छ्दै छु । किन रोइरहनुहुन्छ ? यदि भगवानले चाहेकै हुन भने हाम्रो बाबालाई हामी बाट छुटाउन , अब हामी के गर्न सक्छौ! भन्नु त? भन्दै सम्झाउदै थि । म उस्को रुप र बोली मेरो नयन अगाडि हुन्जेल धेरै धैर्य र शान्तवना हुन सक्थे जव उ अलि म बाट पर हुन्थी अनि मलाई पुरै आकाशले थिचोमिचो गरेको भान हुन्थ्यो ।

मेरो छरछिमेकी हरुले अनेकौं कुरा सुनाउथे मरिसकेको मान्छे किन हस्पिटल राख्नु भन्थे भेटघाट गर्न आउने आफन्तलाई उहाँ सङ भेट्न दिइएको थिएन । सबै जना मरिसक्यो आश नगर भनेर सम्झाउथे, तर मलाई मेरो साकारले मेरो सरु खोइ भनेर सोध्दै उठ्नुहुन्छ । भन्ने, आश थियोे । लगभग पुषको महिना सकिएर माघ लाग्दै थियोे । मेरो छोरी दिनरात उहि बाबाको लागी हस्पिटल कुरेर बसी म घरमा आउने जाने गरिरहन्थे । हस्पिटलमा साकारको अफिसको बोसले आर्थिक कारोबार गर्दिनु भएकोमा हामिलाई पैसाको चाजोबाजो मिलाउनु नपरेर अलि सहज भएको थियोे ।

त्येही क्रममा एक्दिन छोरी बाहिर निस्केको बेला पारेर म हस्पिटलको गाडी पार्किङ गनेठाँउ अगाडि बसेर अनेकौं कुरा सम्झेर रुदै थिए । मेरो माइतीघर नि आमाले सानैमा छोडेर जानु भएको बाबा नि केहि बर्ष पछाडि बित्नु भयो । सानी आमा र भाई थिए तर कहिल्यै मलाई सम्झिदैन थिए । म कस्तो अभागी रै छु । जस्ले मलाई माया दिन्छ कि, भनेर आशा गर्दथे । उ नै म बाट टाढा टाढा हुन्थ्यो, यस्तै कुरा सम्झेर मुटु भक्कानो पारेर रुदै थिए ।

त्येतिकैमा एकजना अलि उमेरले बढो पाको मान्छे रोकिरहेको गाडी बाट ओर्लिएर मलाई सोध्नु भयो । नानी म तिमिलाई अघि देखि हेरिरहेको छु । तिमि किन यसरी निकै पिडामा परे झै रुदै छौ खास कुरा के हो ? मलाई भन्न सक्छौ भन्नु भयो ।

मलाई अहिलेसम्म तलाइ के भो? भनेर सोध्ने मान्छे मेरो लागी कोहि नभएर होला ! मलाई झन झन रुन आयो मेरो आखा बाट झन आशुको भेल बग्न थाल्यो । मैले केहि बोल्न सकिन, त्येस पछि उहाँले तिमिलाई अझैसम्म रुन पुगेको रैन छ अझै रोउ अनि बोल्नी आट आउछ भनेर पो थपिदिनु भयो म बिस्तारै रुन कम गर्न थाले र मेरो घटनाको बारेमा भने ।

मेरो कुरा सब सुनेपछि उहाँले भन्नुभयो! म पनि यो हस्पिटलको स्टाफ हु खोइ मैले त यस्तो खालको बिरामी बारे सुनेकै थिइनँ भन्नुभयो ?

अनि मैले थपे, तपाईं नि डाक्टर नै हो र सर? उहाले, हो मैले याहा काम गरेको १६ बर्ष भयो भन्नु भयो ।

अहिले मेरो डियुटी सकिएर निस्केको केहि परे मलाई यो नम्बरमा कल गर्नु भनेर एउटा कार्ड छोडेर उहाँ गाडीमा लिएर मलाई सबै कुरा ठिक हुन्छ नआतिनु भन्दै हिड्नु भयो ।

मैले यो सब कुरा छोरी प्रकुतिलाई सुनाए । उस्ले एकचोटी फेरि उहाँ सङ कुरा गर्ने जिज्ञासा् राखी र मैले फोन गरेर हस्पिटलमा सर हजुरले एकचोटि हाम्रो बिरामी हेर्दिनुपर्यो भन्ने आग्रह गरे ।

उहाँले नि हुन्छ भन्नुभएको थियोे । हामीले उहालाई भेटेर केहि निचोड पाउछौ भन्ने आश गरेको थियोे निचोड त पायौ तर अलग्गै किसिमको ।

उहाँले त्यो दिन केहि पनि भन्न चाहानु भएन गाडी लिएर हिड्ने तरखरमा हुनुहुन्थ्यो । छोरी प्रकुतिले हतार हतार गएर सोधी!

अन्कल, हाम्रो बाबालाई ठिक हुन्छ त ?
उहाँको जवाफ यस्तो थियोे ,
प्लिज तिमि मलाई बाहिर भेट ,

अनि हामिलाई आश हराईसकेको थियोे । छोरिले रिसले कस्तो लाज नभएको मान्छे रैछ बाहिर भेट भन्छ ? अहिले भेट्दा केहि भन्दैन भनेर खुब बरबराउदै आशु खसाली ।

पिल्सिएकि आमा र गुम्दै गरेको बाबाको जिम्मेवारी काधमा बोकेकी मेरी छोरी ! उ आफै अत्यन्तै पिडामा थी! बाबाको एक्सिडेन्ट् देखी उस्का चाहाना सबै गुमाईसकेको महसुस गरेको थि, समय बित्दै गयो उहाँको होस आउने कुरा थिएन । करिब २२ दिन हस्पिटल राख्दा नि केहि नभए पछि हामीले नि केहि आशावादी नरहे हुन्छ जस्तो लाग्थ्यो । बेला बेलामा एकदिन समिर बाबुले उस्को छोरा गौरवलाई हस्पिटल पठाउनु भएछ । गौरव र प्रकुती उमेरमा मात्र चार पाँच बर्षको फरकको थिए । तर सभ्य र सालिन स्वोभावकी आमाको छोरा भएर होला, गौरव पनि खासै धेरै नबोल्ने बोले पनि मिठो बोल्ने गर्दथ्यो । जस्लाई भेटे पानी आफ्नै जस्तो नजीकको बनाउन सक्ने क्षमता भएको मान्छे थियोे उ, मलाई उ आफ्नै छोरा जस्तै लाग्दथ्यो तर हाम्रो र उस्को परिवारको त्येती आउजाउ हुदैन थियोे र केही कुरा नि खोलेर गर्न भने म सक्दैन थिए ।

आफ्नु पढाइ सकेर अधिकृत तहको परिक्षाको तयारीमा बसेको मान्छे बाबुको आग्रहलाई शिरोपर गरेर उहाँको साथिलाई भेट्न अस्पताल सम्म आईपुगेछ ।

टाढै बाट देखी बित्तिकै मुस्कुराउदै भन्यो?

अन्टि नमस्कार, के छ अलि कम भो अन्कलाई, के हुदै छ ?

मैले केहि हुन सकेन बाबु भने ।

प्रकुती सङै थी, तर खासै उनीहरु अपरिचित जस्तै थिए । गौरव धेरै बोल्दैन थियोे, भने प्रकुती त्येती नबोल्नी मान्छे सङ नजीक हुदिन थि । केहि समय कुराकानी गरेपछि गौरवले अन्कललाइ भेट्न मिल्दैन र ? भन्यो!

मिल्छ, तर साझमा मात्र भने । अनि उस्ले जाडो छ चिया खाजा खाएर आउन त भनेर आग्रह गर्यो मैले छोरी तिमि जाउ म अहिले खादिन भने तर छोरिले मान्दै मानिन, र गैइन पनि ।

त्यसै बेला फेरी पनि उहि पहिलाको गाडी वाला ड्राक्टले भेटेर मलाई एकचोटी बाहिर भेट्नु भनेर आग्रह गर्नु भयो ।

बस! मलाई त्येही समय नै उचित लागेर आफु हस्पिटल बसेर प्रकुती र गौरवलाई डक्टरलाई बाहिर भेट्न पठाए, ,

क्रमश …


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.