Nepal's No. 1 Digital Newspaper

एकैदिनमा ३ डिग्री घट्यो काठमाडौंको तापक्रम ,फेरि भित्रिँदै नयाँ मौसमी प्रणाली

आइतबारदेखि घाम लागेको काठमाडौंमा मंगलबारदेखि फेरि बादल र वर्षा हुने सम्भावना देखिएको छ।

सोमबारदेखि नेपालमा फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशैभरिको मौसम प्रणालीमा प्रभावित हुने भएको छ।

Order Now: 98510-87891

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रणाली सोमबार दिउँसोबाट सुदूरपश्चिमबाट नेपाल प्रवेश गर्ने छ।

‘पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ,’ मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ,‘यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानमा बदली रही उच्च हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात तथा पहाडी र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’

महाशाखाका अनुसार  यो प्रणाली शुक्रबारसम्मनै रहनेछ। बिहीबार र शुक्रबार देशभर सामान्य बदली रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानमा वर्षा हुन सक्ने भएकोले सतर्क रहन महशाखाले अनुरोध गरेको छ।

शनिबारबाट भने मौसममा सुधार देखिनेछ।

यसैबीच काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एकैदिन झन्डै ३ डिग्री सेल्सियस घटेको छ।

आइतबार ४.५ डिग्री मापन भएको काठमाडौंको न्यूनतम तापक्रम सोमबार १.६ डिग्री सेल्सियसमा झरेको छ।  अधिकतम तापक्रम भने १.५ डिग्रीले बढेको छ। आजबाट नेपालमा पुनः न्युन चापिय मौसमी प्रणाली नेपाल भित्रिने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी तराईका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर–परासी लगायतका भूभागमा हुस्सु लागेको छ । साथै मध्य र पूर्वी तराईका धेरैजसो भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जनाइएको छ । 

आज नेपालको पश्चिमी र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

आगामी २४ घण्टा पश्चिमी न्यूनचापिय प्रणाली भित्रिएसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रतिर बढी जाडो महसुस हुने हुनाले चिसोबाट जोगिन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.