‘लैला मन्जु’ लाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले निर्देशन गर्ने

काठमाडौं २०,पौष नेपाली फिल्म कम्पनी एबी इन्टरनेशनलले ‘लैला मन्जु’ नामक हिन्दी चलचित्र निर्माण गर्ने भएको छ । एबी इन्टरनेशनलको बैनरमा निर्माण हुने चलचित्र ‘लैला मन्जु’ लाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले निर्देशन गर्नेछन्। निर्देशक प्रेम राज सोनिले भारतीय सुपरस्टारको फिल्म निर्देशन गरिसकेका छन् । यस्का निर्माता अमित बस्नेत छन् भने कार्यकारी निर्माता अजित कुमार थापा हुन् ।

चलचित्रमा बलिउडका चर्चित कलाकारहरु रहने कार्यकारी निर्माता अजित थापाले जानकारी दिएका छन् ।चलचित्रको छायांकन अङ्ग्रेजी नयाँ बर्ष बाट प्रारम्भ भएको छ। यसको छायांकन नेपाल,बेलायत र भारतमा गरिनेछ । यहीँ बर्ष नै रिलिज तयारी रहेको यो चलचित्र लगानी नेपाली फिल्म मेकरको लागि एकदमै ठुलो बजेट हो । नेपाली चलचित्र जगतमा एउटा छुट्टै पहिचान बनाउदै स्थापना भएको कम्पनी हो एबी इन्टरनेशनल यो कम्पनीले नेपाली चलचित्र ´पासवर्ड`र ´समालिन्छ कहिले मन`नामक चलचित्र निर्माण गरिसकेको छ। यो कम्पनीले बिगत लामो समय देखि बलिउड चलचित्रमा लगानी गर्दै आएको छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्र ‘लैला मन्जु’नेपाली बजारको लागि बिल्कुल फरक चलचित्र हुनेछ ।

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *