रहिनन् अभिनेत्री ऋचा शर्माकी आमा

 भर्सटायल अभिनेत्रीको रुपमा नेपाली फिल्ममा आफूलाई स्थापित गरेकी ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको शुक्रबार साँझ निधन भएको छ ।

अभिनेत्री ऋचाकी आमाको ६७ वर्षको उमेरमा निधन भएको हो ।  उनको शनिबार पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । ऋचाकी आमा रिनादेवी शर्मा लामो समयदेखि विरामी थिइन् । गएको महिना ऋचाले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् ।

त्यसबेला पनि उनकी आमा विरामी थिइन् ।  आफ्नो रिसेप्सन पार्टीमा उनले आमा विरामी भएका कारण विवाहको दिनदेखि नै अस्पताल धाइरहनु परेको बताएकी थिइन् । अभिनेत्री ऋचा आमासँग निकै नजिक थिइन् । उनलाई आमाले लामो समयदेखि विवाहका लागि दबाब दिँदै आएकी थिइन् । 

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *