“हर प्रहर गाँउ र नगरी, टोल टोलका नेपाल प्रहरी” – नेपाल प्रहरी
१८ पुष, काठमाडौं । जीबन शर्मा । नेपाल प्रहरीले बिगत एक बर्षदेखि संचालन गरेको समुदाय प्रहरी साझेदारी अबधारणा अन्तर्गत बिभिन्न जनथचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । नेपाल प्रहरी कनै संघ संस्था ब्यवसायमा लक्षीत मात्र नभई सम्पूर्ण समुदायलाई शान्ती एंवम सुरक्षाको प्रत्याभुती दिलाउने उद्घेष्यले समुदाय प्रहरी साझेदारी अबधारणा कार्यक्रम बिगत देखि गदै आएको छ । महानगरीय प्रहरी बृत गौशालाको कार्य क्षेत्र भित्र पर्ने काठमाडौ महानगरपालीका वार्ड नं ७, ८ र ९ अन्तर्गत गोपिकृष्ण पुल देखि तिनकुने सम्म पर्ने रिङ्गरोड अस्पताल कलेजहरुमा अप्रत्यासित रुपमा हुने घटना तथा दुर्घटनाको बिषय लाई लिएर समय समयमा सिर्जीत हने समस्याहरुलाई समेत ब्यवस्थापन गर्दैै बिध्यमान शान्ती सुरक्षाको अबस्थामा समुदाय प्रहरी साझेदारी अबधारणामा आफ्नो जिम्मेवारी बहन गार्दै आईरहेको छ ।

महानगरिय प्रहरी वृत्त, गौशाला र बिजय चोक यवा क्लब वार्ड न ९ को संयुक्त आयोजना तथा सामुदायिक सेवा केन्द्र चाबहिलको आयोजनामा शुक्रबार मित्रपार्कस्थित गोल्डेन लाईट पार्टीप्यालेशमा आयोजित सचेतना मुलक कार्यक्रम माझ महानगरीय प्रहरी बृत गौशालाका प्रमुख कार्यक्रममा प्रहरी नायब उपरिक्षक प्रदिप कुमार सिंहले हाम्रो दिन रातको प्रयासले अपराधिक गतिबिधी लाई निश्तेज पार्ने कार्य, नियत्रण गर्दै आई राखेका छौ । बिश्व सम्पदासूची मा पर्नै पशुपतीनाथ र अन्तराष्टिय बिमानस्थल पनि यसै क्षेत्रमा पर्ने हुदा अझ बढी सम्बेदनसिल भएर शान्ति सुरक्षा मा लाग्नु पर्ने धारण ब्यक्त गर्नु भयो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलले नेपाल प्रहरी र समुदाय बीचको समन्वयका कारण पछिल्लो समयमा अपराधिक घटनाहरुमा न्यूनिकरण हुदै गएको उल्लेख गर्दै समुदाय, प्रहरी र स्थानिय तह बीचको समन्वयमा जनचेतनामुलक कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन अझ लागिपर्नुपर्ने आवश्यकता औंल्याए । प्रमुख प्रहरी नायब महानिरिक्षक पोखरेलले लागु औषध दुब्र्यसनबाट आक्रन्त समाजले देशलाई अधोगति तर्फ धकेल्ने बताउदै देशका उर्जावान युवालाई सक्षम, स्वाभिमानी र कर्मशिल बन्न उत्प्रेरित गर्न सचेतनामुलक कार्यक्रमको खाचो महशुस हुँदै गएको बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र चाबहिल तथा सभापतिको आसनबाट बोल्दै उद्घब प्रसाद बडालले लागु औषध दुब्र्यसनीले जीवनलाई क्षत विक्षत बनाउने उल्लेख गर्दै यस्ता कुलतबाट टाढै रहन विद्यार्थीवर्गलाई आग्रह गरे । बडालल नागरिक समाज र प्रहरी बीचको साझेदारीले लागु औषध दुब्र्यसनलाई निरुत्साहित गर्न फलदायी बन्दै आएको बताए ।
काठमाडौ महानगरपालीका वार्ड न ७ का वडा अध्यक्ष सुद्ध कुमार डंगोल, वडा सदस्यहरु निर्मला पुडाशैनी, ईन्दिरा भण्डारी, सृजना भेटवाल, चन्द्रकला सुन्दाश, राज्य लक्ष्मी भुशाल लगायत अन्य सदस्यहरुले पनि आफ्नो धारण ब्यक्त गर्नुभयो । कार्यक्रममा नगरवासी, समाजसेवी, बुद्धिजिवी, विद्यार्थीको पनि उल्लेख्य उपस्थिती रहेको थियो । सो अन्र्तकृया कार्यक्रम संचालक प्रहरी सहायक निरिक्षक प्रदिप रेग्मीले प्रमुख भुमिका निर्वाह गरेका थिए ।