Nepal's No. 1 Digital Newspaper

चितवन छाडे एसपी दानबहादुर मल्लले

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् । उनले आजमात्रै दरबन्दीका लागि रवाना बुझेर चितवनबाट काठमाडौं हिँडेका छन् । 

मल्लले आफूलाई निमित्त जिम्मेवारी सुम्पिएको भन्दै कोइरालाले अर्का एसपी गंगा पन्त कहिले आउने भन्ने विषयमा एकिन जानकारी नभएको बताए । 

Order Now: 98510-87891

उनलाई आजै जिल्ला प्रहरी कार्यालय तथा चितवनका विभिन्न संघ–संस्थाले बिदाइसमेत गरेका छन् । उनले आजै डीएसपी एकनारायण कोइरालालाई बरबुझारथ गरेका छन् । जिल्ला प्रहरी प्रवक्तासमेत रहेका कोइरालाले आज मल्ललाई कार्यालयबाट बिदाइ गरिएको जानकारी दिए ।

‘‘उहांँ आज यहांँबाट बिदाइ भएर जानुभयो,’’ उनले भने, ‘‘घर जानुहुन्छ कि काठमाडौं त्यो भने थाहा भएन ।’’ 

यद्यपि स्रोतका अनुसार पन्त आइतबार आउने भएकी छन् । सरुवा भएको दुई सातासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चर्को आलोचना भएको थियो । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.