गायक टंक बुढाथोकीको “कान्छा कान्छी” सार्वजनिक
काठमाडौँ – गायक टंक बुढाथोकीको कान्छा कान्छी सार्वजनिक भएको छ । शब्द, संगित तथा आवाज टंक बुढाथोकीकै रहेको कान्छा कान्छीको भिडियो निर्देशन पनि गायक स्वयम् बुढाथोकीले गरेका छन् ।
गायक टंक बुढाथोकीलाई गायिका बुनु उप्रेतीले साथ दिएकी छन् । मुस्ताङको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गितको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ ।
भिडियो :