Nepal's No. 1 Digital Newspaper

लागु औषध दुर्ब्यसनलाई निरुत्साहित गर्न जनचेतनामुलक कार्यक्रम

काठमाण्डौं, १८ पौष । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलले नयाँ पुस्ता नरहे पुरानो पुस्ता पनि रहन नसक्ने बताएका छन् । महानगरिय प्रहरी वृत्त, कमलपोखरी र जेभियर इन्टरनेशनल कलेजको संयुक्त आयोजना तथा सामुदायिक सेवा केन्द्र नक्साल र कालोपुलको सह आयोजनामा शुक्रबार कालोपुल स्थित हिरारत्न कम्प्लेक्समा आयोजित सचेतना मुलक नाटक प्रदर्शनी कार्यक्रम माझ उनले सो धारणा राखेका हुन ।

नायब महानिरिक्षक पोखरेलले उदाउँदो पुस्ताको वर्तमान र भविष्य प्रति पुरानो पुस्ताले गम्भिर ढंगले सोच्न आवश्यक रहेको र सोका लागि आफ्ना सन्तानलाई माया, ममता र समय दिन आवश्यक रहेको बताउनुका साथै नयाँ पुस्ताले आफ्ना अभिभावकले आफु माथि गर्दै आएको लगानी र प्रेमलाई नजर अन्दाज गर्न नहुने स्पष्ट पारे । महानगरिय प्रहरी प्रमुख पोखरेलले विद्यार्थीहरुलाई लक्षित गर्दै दुर्ब्यसनमा फसिसकेपछि जीवनमा धेरै दुख, कष्ट, हण्डर र पिडा भोग्नु पर्ने बताउँदै त्यस्ता खालका कुलतबाट टाढै रहन आग्रह गरे ।

Order Now: 98510-87891

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै जेभियर इन्टरनेशनल कलेजका प्रिन्सिपल गोपाल भण्डारीले लागु औषध दुर्ब्यसनीले जीवनलाई क्षत विक्षत बनाउने उल्लेख गर्दै यस्ता कुलतबाट टाढै रहन विद्यार्थीवर्गलाई आग्रह गरे ।

कार्यक्रममा महानगरिय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बाबु विकले लागु औषध दुर्ब्यसनबाट आक्रन्त समाजले देशलाई अधोगति तर्फ धकेल्ने बताउदै देशका उर्जावान युवालाई सक्षम, स्वाभिमानी र कर्मशील बन्न उत्प्रेरित गर्न सचेतनामुलक कार्यक्रमको खाँचो महशुश हुँदै गएको बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नागरिक समाज र प्रहरी बीचको साझेदारीले लागु औषध दुर्ब्यसनलाई निरुत्साहित गर्न फलदायी बन्दै आएको बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, कमलपोखरी ट्राफिक इन्चार्ज प्रहरि निरिक्षक सुनिल कार्की, युवा ब्यवसायी भरत लामिछाने, नगरवासी, समाजसेवी, बुद्धिजिवी, विद्यार्थीको उपस्थिती रहेको थियो । सो अन्र्तकृया कार्यक्रममा नक्साल सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज वसन्तकुमार थापाले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।



तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.