नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ (उद्घाटन फाेटाे फिचर)
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ। दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ औपचारिक उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु भएको हो । उद्घाटन कार्यक्रममा विभिन्न देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी छन् ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति दिएका छन् । करिब २० करोड रुपैयाँ खर्चिएर गरिएकाे उक्त कार्यक्रम उद्घाटनअघि राजधानीका विभिन्न स्थानबाट जातीय तथा सांस्कृतिक झाँकी निकालिएको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

