Nepal's No. 1 Digital Newspaper

लिभरपुलको सेफिल्डमाथि २ – ० को सहज जित

इङ्लिस प्रिमियर लीगमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई पराजित गरेको छ।  बिहिबार भएको खेलमा  लिभरपुलले सेफिल्डमाथि २–० को सहज जित निकालेको हो । लिभरपुललाई जित दिलाउन साडियो माने र मोहमद सलाहाले एक एक गोल गरे ।

लिभरपुल अपराजित रहँदै लिग तालिकाको शीर्ष स्थानमा रह्यो । उसले लिगको सम्भावित ६० अंकमा मात्र दुई अंक गुमायो । मोहमद सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। साडियो मानेले ६४ औ मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ। उसले लिगमा १३ अंकको अग्रता लिएको छ।

Order Now: 98510-87891

दोस्रो स्थानको लेस्टरको ४५ अंक छ । तेस्रो स्थानको म्यान्चेष्टर सिटीको ४४ अंक छ। सेफिल्ड २९ अंक सहित तालिकाको आठौं स्थानमा छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.