बाजुरामा खस्यो जीप , पाँच जनाको मृत्यु
बाजुराको हिमाली गाउँपालिकामा जीप कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।
भाटका अनुसार दुर्घटनामा चार जना घाइते छन्। दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा दुई जना मुगु मुगुकर्मारोक गाउँपालिका-८ का २० वर्षीय गेम्चो लामा र २१ वर्षीय टोर्से लामा छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। एक बेपत्ता थिए। बेपत्ताको शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, बाजुरा बुढीनन्दा नगरपालिका-६ की २२ वर्षीया सरू विक र उनकी दुई वर्षीया छोरी सामान्य घाइते छन्।
मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको भाटले बताए।
अन्य मृतकको सनाखत भइसकेको छैन।
भाटका अनुसार धुलाचोरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खसेको थियो।