Nepal's No. 1 Digital Newspaper

काठमाडौंमा हल्का वर्षा, भोलि देशभर पूर्णरुपमा बदली हुने र वर्षाको सम्भावना

काठमाडौं । आज काठमाडौंसहित पूर्वी र पश्चिमका केही जिल्लामा हल्का वर्षा भएको छ । यसले गर्दा काठमाडौं वरिपरी चिसो थप बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“अहिले काठमाडौंसहित पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ । केही स्थानहरुमा हिमपात पनि भइरहेको खबर प्राप्त भएको छ,” उनले पछिल्लो मौसमी अवस्थाका बारेमा जानकारी गराउँदै भनिन्, “काठमाडौंमा अलिअलि वर्षा भएको छ । विशेषगरी पूर्व र पश्चिमी भेगमा पानी परेको छ । भोलि पूर्णरुपमा बदली हुने र वर्षाको सम्भावना छ ।”

Order Now: 98510-87891

“देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ,”मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
उनका अनुसार राति पनि यी स्थानमा हल्का वर्षाको सम्भावना छ । 

हुम्लासहित उच्च पहाडी जिल्लामा आसपासमा हिमपात भइरहेको उनले जानकारी दिइन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.