Nepal's No. 1 Digital Newspaper

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौं, पुष १७:नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाले वृद्धि गरी मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार हिजो प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हो । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् रहेको छ । यसअघि इन्डियन आयल कर्पोरेशनले डिसेम्बर १६ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो ।

Order Now: 98510-87891

मूल्य समायोजनपश्चात् निगमको डिपो र बिक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौँ, सुर्खेत र दिपायलमा १११ रुपैया प्रतिलिटर, पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रमा १०९ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ । डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य काठमाडौँ, सुर्खेत र दिपायलमा १०० रुपैया प्रतिलिटर, पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रमा ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.