Nepal's No. 1 Digital Newspaper

कास्मिरमा सैनिक भिडन्तमा मर्ने गोरखाका अर्जुन थापामगर

कास्मिरको लाइन अफ कन्ट्रोलमा भारत र पाकिस्तानबीच गोली हानाहान मृत्यु हुने सैनिकमध्ये एक नेपाली रहेको थाहा भएको छ।

मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ।

Order Now: 98510-87891

बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ।

सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए।

पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा आतंकवादी छिर्न थालेको भन्दै खोजीतलासीको अपरेसन सुरू गरिएको थियो।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.