Nepal's No. 1 Digital Newspaper

एम्बुलेन्स बिग्रिदा महिलाहरुद्वारा सुत्केरीको उद्वार

जुम्ला संबादाता । जुम्लामा हिँउदको समयमा प्रया महिला, बालबालिका र बुढा बुढीहरु मात्र बस्छन पुरुषहरु सबै भारत र नेपालको विभिन्न शहर हरुमा ब्यापारको सिलसिलामा जाने गर्दछन । यहि हिँउदको समयमा बिरामी हुदा र सुत्केरी हुदा महिला हरुलेनै बोकेर स्वास्थ्यचौकी लान बाध्य छन । एस्तै बिरामी हुदा सुत्केरी हुदा सजिलोहोस् भनेर सिञ्जागाउँपालीकाले किनेको एम्बुलेन्स बिग्रिदा सिञ्जागाउँपालीका वडा न. २ रनुखानाकी मागी नेपाली लाई सुत्केरी व्याथा लाग्दा महिलाहरुले एम्बुलेन्स बोलाउन खोज्दा बिग्रिएको थाहाँ पाएपछी महिलाहरुलेनै बोकेर स्वास्थ्यचौकी पुरायका छन् ।

Order Now: 98510-87891

दुर्गम क्षेत्रमा एम्बुलेन्स बिग्रिदा बनाउने ठाँउ नजिक नहुदा सामानहरु लिनलाई नेपालगंन्ज आएर लिनुपर्ने भएकाले ढिलाइ भएको सिञ्जागाउँपालीकाका अध्यक्ष देवल सिंह रावलले बताउनु भयो ।

सामाजीक संजालमा जनप्रतिनिधिले एम्बुलेन्स चडेर बिगे्रको भनाइहरु आइरहेको छ । त्यो सत्य नभएको हामीले स्वास्थ्यचौकी लाई जिम्मा दिइसकेपछि कर्माचारीले हेनुपर्ने हो फेरी सबै जनप्रतिनिधिहरु पालिकामा आफ्नै गाडी र सबै वडा अध्यक्षहरुको आफ्नै साधनहरु भएको सिञ्जागाउँपालीका वडा न. ३ काअध्यक्ष नबिन शर्माले बताउनु भयो ।

एम्बुलेन्सको सामानहरु लिनलाई ड्राइभर नेपालगंन्ज गएकोछ छिटै यस्को मर्मत

गरिने छ सिंजागाँपालिकामा सबै वडा हरुमा मोटर बाटो पुगेको छ अबका दिनहरुमा सिंजागाँपालिका बासिहरुले यस्तो दुख नपाउने गाँउपालीका अध्यक्ष देवल सिंह रावललले बताए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.