फोटो पत्रकार अर्यालको संयोजकतत्वमा राष्ट्रिय टोपी दिवस सम्पन्न
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइदैछ । हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइने गरिन्छ ।
१३औँ राष्ट्रिय टोपी दिवस अवसरमा बरिस्ठ फोटो पत्रकार जनार्दन अर्यालको संयोजकतत्वमा राष्ट्रिय टोपी दिवस सम्पन्न भएको छ ।बिगत बर्षदेखी निरन्तर रुपमा आयोजना गरिदै आएको राष्ट्रिय टोपी दिवसको प्रभातफेरी ठमेलस्थीत सञ्चयकोषबाट सुरु भई पुरै ठमेल परिक्रमा गरि नसिङ चोक आएर समापन भएको छ । प्रभातफेरीमा बिभिन्न क संघसस्था र स्थानिय भद्रभलाद्मीहरुको साथै बाक्लो मात्रमा पत्रकार सहित २००जना सहभागिता भएको थियोे । संयोजक अर्यालले सम्पुर्ण सहभागी लाई प्रभातफेरी सुरु हुने अघि नै कार्यक्रम स्थलमै ढाका टोपी वितरण गर्नु भएको थियोे ।