राज्यमन्त्रीलाई सांसदले हानिन् थप्पड
राज्यमन्त्रीलाई सांसदले हानिन् थप्पड । कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई एक जना प्रदेश सभा सदस्यले थप्पड हानेकी छिन् । कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले मंगलबार दिउँसो राज्यमन्त्री यादवलाई थप्पड हानेकी हुन्।
उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपाले र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए । आजसमेत प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले उपभोक्ता समितिको भुक्तानीको सम्बन्धमा सरकारले जवाफ दिनु पर्ने भन्दै बैठक अवरूद्ध गरेका थिए।
त्यसलगत्तै बाहिर निस्केकी कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश सरकारको काम कारबाहीको चारैतिर विरोध भए पनि सरकार मन्त्री लाज पचाएर बसेको भनेपछि प्रदेश सभा सदस्य दास र मन्त्री यादवबीच केहीबेर भनाभन भएको थियो। त्यत्तिकैमा प्रदेश सभा सदस्य दासले मन्त्रीमाथि थप्पड प्रहार गरेकी हुन्।