शाहरुखलाई फ्यानको धम्की, ‘फिल्म घोषणा नगरे सुसाइड गर्छु’

बलिउड सुपरस्टार शाहरुख खान गएको एक वर्षदेखि कुनै फिल्ममा देखिएका छैनन् । गत वर्ष उनी अभिनीत फिल्म ‘जीरो’ प्रदर्शनमा आएको थियो । तर, यो फिल्म बक्सअफिसमा असफल भएपछि उनले पर्दामा फर्किन हतार गरेका छैनन् । फिल्मबाट एक वर्ष ब्रेक लिएका कारण उनका फ्यानको पखाईको बाँध टुटेको छ । उनलाई सिल्भर स्क्रिनमा हेर्न दर्शक आतुर छन् ।  शाहरुख खानले २०१९ मा थुप्रै पटक कुनै न कुनै प्रोजेक्ट साइन गर्ने संकेत दिए तर त्यसो हुन सकेन । यसबीच, उनका फ्यानले ट्विटरमा एक ह्यासट्याग भाइरल गरेका छन् ।

#WeWantAnnouncementSRK बाट फ्यानले शाहरुखलाई फिल्ममा फर्किन आग्रह गरेका छन् । प्रायःले उनलाई फिल्ममा फर्किन आग्रह गरेका छन् भने केहीले उनलाई धम्की समेत दिएका छन् ।  ट्विटरमा एक यूजरले लेखेका छन्, ‘यदी तपाईंले १ जनवरीसम्म आफ्नो कुनै नयाँ फिल्म घोषणा गर्नु भएन भने म सुसाइड गर्नेछु । म फेरि पनि भन्दैछु कि म सुसाइड गर्नेछु ।’ शाहरुखका अन्य फ्यानले लेखेका छन्, ‘हामीले जीरोपछि तपाईंको फिल्म हेर्न पाएका छैनौं ।

तपाईं हामीलाई यशराज फिल्म्सको फिल्म ‘धूम’ या अतली कुमारको फिल्म साइन गरेको जानकारी दिनुहोस् ।’ ट्विटरमा एक यूजरले लेखेका छन्, ‘हामी जान्दछौं कि ‘जीरो’ तपाईंका लागि स्पेशल फिल्म थियो । तर, के तपाईं आफैंलाइ यसरी सजाय दिनुहुन्छ ? यो सही होइन । नयाँ वर्षमा नयाँ फिल्म घोषणा गर्नुहोला ।’ केही महिनायता अभिनेता शाहरुख खानले ‘सञ्जु’ निर्देशक राजकुमारी हिरानीको फिल्म गर्न लागेको चर्चा छ । तर, अहिलेसम्म यसको पुष्टि दुवैतर्फबाट भएको छैन । 

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *