Nepal's No. 1 Digital Newspaper

राष्ट्रियसभामा उखु किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । उखु किसानले उखुको मूल्य नपाएको विषय राष्ट्रियसभामा उठेको छ ।

राष्ट्रियसभा सदस्यहरुले सोमबारको बैठकमा उखु किसानको विषयमा कुरा उठाउँदै सरकारको ध्यानाकर्षण गराए । 

Order Now: 98510-87891

त्यस्तै सत्तारुढ दल नेकपाकै सांसद कोमल वलीले पनि किसानको माग सम्बोधन गर्न माग गरिन् । उनले किसानले उखुको मूल्य नपाउनु अन्यायपूर्ण भएको बताइन् । “सरकार, सहकारी र निजी क्षेत्रको सहकार्यमा अघि बढ्ने भनेको छ । निजी क्षेत्रले सरकारलाई सहयोग गरे देशको विकासमा लाग्नुपर्नेमा उल्टै किसानको उत्पादनलाई भुक्तानी नदिएर दु:ख दिने त मिलेन नि ! यो जतिको अन्यायपूर्ण कुरा के होला ? तुरुन्त सरकारले पहल गरोस्,” उनले भनिन् ।

आफैंले खेतमा उब्जनी गरेको उखुको मूल्य पाउन किसानहरु काठमाडौंमा सरकारसँग विलौना गर्न आएको भन्दै समाजवादी पार्टीका सांसद रामप्रित पासवानले किसानको माग सम्बोधन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराए । उखुको मूल्य नपाउँदा किसानहरु काठमाडौं आएर प्रदर्शन गर्न बाध्य भएको उनले बताए । किसानहरुको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको उनले बताए । किसानको माग अविलम्ब पूरा गर्न पनि उनले सरकारसँग माग गरे । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.