राजा वीरेन्द्रलाई कहिल्यै नबिर्सौं : कमल थापा
काठमाडौं । आज पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्म दिनलाई राप्रपाका अध्यक्ष कमल थापाले स्मरण गरेका छन् । पूर्वराजा वीरेन्द्रसहित सपरिवारको एक गोली काण्डमा मृत्यु भएको थियो ।
उनले आज ट्विट गर्दै भनेका छन्,‘‘आज पौष १४ राजा बिरेन्द्रको शुभजन्म दिन । नेपाली जनताका लोकप्रिय राजा स्व.श्री ५ बिरेन्द्रमा हार्दिक श्रद्धाञ्जली ।नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा राजसंस्था सहितको लोकतन्त्र नै नेपालको स्वतन्त्र अस्तित्व र सम्वृद्धिको आधारस्तम्भ हो भन्ने कहिल्यै नबिर्सौं ।’’