Nepal's No. 1 Digital Newspaper

गोकर्ण रिसोर्टमा भ्रातृ संगठन नेपाल तरुणको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गोकर्ण रिसोर्टको गेटमा प्रदर्शन गरेको छ । ६ वर्ष लिज अवधि बाँकी रहँदै सरकारले गल्फ सञ्चालनमा रहेको जग्गाको अवधि थपेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला तरुण दलको कागेश्वरी मनोहरा नगर कार्यसमितिले आइतबार रिसोर्टको गेटमा प्रदर्शन गरेको हो । 

प्रदर्शनका क्रममा तरुण दलले टायर बाल्दै सरकारविरुद्ध नाराबाजी गरेको थियो । सरकारले नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा दिएको र जनताले दिएको मतको दुरुपयोग गरेका कारण आफूहरू विरोध प्रदर्शनमा उत्रिएको तरुण नेता कविर फुयाँलले बताए । सरकार नसच्चिए आगामी दिनमा अझै कडा संघर्ष उनले बताए । 

यस्तै तरुण दल काठमाडौंका सदस्य विजय लामाले ६ वर्ष समयावधि बाँकी हुँदै गृहमन्त्रीको संयोजकतामा रहेको समितिलाई रातारात रक्षामन्त्रीको संयोजकत्वमा गठन गर्नुले सरकारले आर्थिक चलखेल गरी उक्त जग्गाको लिज अवधि थप गरेका कारण विरोधमा उत्रिनुपरेको बताए । 

समयावधि बाँकी रहँदै सरकारले नेपाल ट्रस्टका नाममा रहेको जमिनको लिज अवधि थप गरेको विरोधमा कांग्रेसका भ्रातृ संगठनहरूले प्रदर्शन गर्दै आएका छन् । यसअघि पुस ८ गते पनि कांग्रेसकै भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पनि गोकर्ण रिसोर्टको गेटमा टायर बालेर प्रदर्शन गरेको थियो ।

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.