Nepal's No. 1 Digital Newspaper

प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने सचिवालय बैठकको निर्णय

काठमाडौं, १३ पुस । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आइतबार बिहान प्रधानमन्त्री निवास बावालुटारमा बसेको हो । बैठकले सभामुखका उम्मेदवार र एमसीसीबारे केही निर्णय नगरेको स्रोतले जानकारी दिएको छ । प्रदेश ३ को नाम वाग्मती  र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ ।

आइतबार बिहान बसेको बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले  प्रदेस को नाम वाग्मती  प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गर्न निर्देशन दिएको हो ।

Order Now: 98510-87891

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन । राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।

नेकपाको गतसाता चलेको स्थायी समिति बैठकपछि पहिलो पटक सचिवालयको बैठक बसेकोले समसामयिक विषयमा र सभामुख चयनका विषयमा छलफल गर्ने नेताहरुले बताएका थिए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.