अक्षयको ‘गुड न्यूज’ को सानदार ओपनिङ

बलिउड सुपरस्टार अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् ।

बक्सअफिसमा पनि फिल्मले सानदार ओपनिङ गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको छ ।  मोर्निङ शोमा फिल्मको सुरुवात केही कमजोर थियो तर दिउँसोबाट पिकअप लिएको थियो । फिल्मको पहिलो दिनको कलेक्सन हेर्दा ‘गुड न्यूज’ ले विकेन्डमा राम्रो कमाई गर्ने अनुमान गरिएको छ ।

फिल्मले पहिलो हप्ताको अन्त्यसम्म सय करोडको आँकडा पार गर्ने ट्रेड एनालिस्टको विश्लेषण छ । ‘वर्ड अफ माउथ’ राम्रो भएकाले फिल्म लामो रेसको घोडा बन्ने देखिन्छ । बक्सअफिसमा ‘गुड न्यूज’ को टक्कर सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ सँग छ । तर, ‘दबंग ३’ को बावजूद पनि अक्षय कुमारको फिल्मले पहिलो दिन राम्रो कमाई गर्न सफल भएको छ । यो फिल्मले सलमानको फिल्मको व्यापारमा ठूलो असर गर्ने देखिन्छ । किनकि, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ कमजोर छ । र, दिन-प्रतिदिन व्यापारमा पनि ठूलो गिरावट आइरहेको छ ।

  कमेडी ड्रामा ‘गुड न्यूज’ को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा) को हो । दुवैले बच्चा जन्माउनका लागि आइभिएफको सहारा लिन्छन् । तर, अक्षय करीना र दिलजीत दोसान्झ कियारा आडवाणीबीच निकै ठूलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ । 

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *