Nepal's No. 1 Digital Newspaper

श्रीमती र सम्बन्ध बिच्छेद

सरु बजगाई

श्रीमती र सम्बन्ध बिच्छेद (पिडा)

“जव जव दिल खुशी हुन्छ,
तव तव हतास लाग्दैन,
जव जव मनमा आधी आउदैन,
तव तव दिलमा बतास लाग्दैन”

Order Now: 98510-87891

सरु बजगाई । बिबाह गरेको पनि लगभग १५ बर्ष बितिसकेछ छोरी प्रकुतीले सबै कुरा बुझ्नी भैसकेकी थि, कहिलेकाही साकार र मेरो ठाकठुक पर्दा नि छोरी नजिकै आएर धेरै कुरा सम्झाउथी । हुन्सक्छ अभाववै अभावमा हुर्किएकी मेरो छोरी जसरी पिपलले आफ्नु जरा रुख उच्च बनाउन जति तल सम्म गहिराएको हुन्छ । त्येसैगरी उ गहिरिन्थी हाम्रो समस्याको बिशय बस्तुमा पनि ।

एकदिनको कुरा हो खाना खाने बेला हुनै लागेको थियो बेलुकीको साकारले नजिकै आएर जिस्कायाउदै भन्नुभयो मलाई, सरु आज खानामा के के छ? मैले भने के हुने उहि त, दाल तरकारी अचार र खाना, अनि फेरी उहाँले जिस्काउदै भन्नुभयो, अनि तिम्रो माया त! मैले भने, अह हजुर पनि त्यो त छदै छ नि सदैव भएको कुरा, खोइ भन्नु पर्छ र ?

हाम्रो कुराकानी सुनेर छोरी प्रक्रुती ढोका ढकढक्याउदै किचेनतिर आईन र भनिन, बाबा, हाम्रो नि छुट्टै घर बनाउन कति अरुको घरमा बस्ने मलाई त कस्तो नमज्जा लाग्छ साथीहरूलाई हामी भाडामा छौ भन्न नि … बाबाले खुशी हुदै भन्नुभयो, ओहो ! मेरो छोरा निठुलो भएछ अब के आफ्नु र के पराय, चिन्न सक्ने, हुन्छ बेटा अबको केहि समयपछि घर बनाउने तयारीमा, लाग्नुपर्छ । मलाई ज्यादै मन दुखेर आयो जतिबेला म छोरी जन्माउने प्रसव पिडामा थिए त्येतिबेला मेरो आफन्त दुनियाँले भगवान सङ पुकार गरेर छोरा माग्दै थिए, तर छोरीको आगमन भयो जति म मुस्कुराएको थिए त्येहाभन्दा हजारौं गुणा बढी खुशी साकारको मुहारमा छछल्किएको थियोे । हो यो जिम्मेवारी मेरो छोरीले छोरा भएर पुरा गर्नुपर्छ त्यो सब कुरा म समय आएपछि छोरीलाई बताउने सोचमा छु । खानपिन सकेपछि नानु, आफ्नु कोठामै गै म र साकार कुराकानी गर्दै थियौ । हामी दिनभर अलगअलग काम गर्नी भएर होला बेलुका भेट हुदा हामिलाई १२ घन्टाको समय पनि अत्यन्तै कमि लाग्दथ्यो । कहिलेकाही, म साकारको हात समाउदै भन्थे । साकार बरु ४८ घन्टाको एकदिन भए नि हुन्थ्यो नि होइ । म २४ घन्टा तिमि सङै हुन पाउथे नि होइ । अनि साकारले मुस्कुराउदै भन्नुहुन्थ्यो । हैन सरु अहिले नि तिमि कहा टाढा छौ र तिमी म बाट ?

उहाँ एउटा प्राईभेट अफिसमा काम गर्नुहुन्थ्यो त नानी पढन जान्थी म पसल चलाउथे । अक्सर उहाँ धेरै जसो घर बाहिर बस्नुहुन्थो । अफिसको काम बाहिर बढी पर्ने भएकाले । तर पनि हामी घन्टौं घन्टा फोनमा कुराकानी गर्थेउ । एकदिन उहाँको फोन रिशिभ भएन वा फोन लागेन भने म त्यो रात अनिदो नै बस्थे, उहाँलाई सम्झेर । समय बित्दै गयो, मेरो नि माईतिमा आमा हुनुहुन्न थियोे । त्येसैले म धेरैजसो समय घरमा नै खर्चिन्थे । उहाँको नि घरमा अरु कोहि नभएकोले दुख सुख जे भएनी पोख्नि मैदान हामी आमा छोरी थियौ ।

सहरको बसाई महँगिले आकाश छुदै थियो । त्येसैले एक्दिन मलाई साकारले, अलिकति रिन लिएर घर बनाउ क्यारे भनेर भन्दा मैले हुदैन हजुरको कमाइले घर खर्च ठिक्क छ, नानी पढदै छे रिन बोकेर तनाव जिन्दगी जिउनु भन्दा बरु अहिले नै आनन्द भनेको थिए । तर आज फेरि उहि कुरा दोहोरीएको थियोे घरमा । त्येसपछी मैले नि कुनै प्रतिउत्तर दिन चाहिन, ज्यादै दुखले सहरमा एक टुक्रा घडेरी जोडेको थियो । त्येसमा छानो छाउने रहर त मलाई नि कहा नभएको होर ! उहाले त्येही जग्गा बैंकमा राखेर ऋण लिने कुरा गर्नु भयो मैले नि हुन्छ भने । सबै चाजोबाजो मिल्यो लगभग अब घर बनाउने तयारीमा जुटे हुने भयो । जसोतसो गरेर र हामीले सानो एउटा घर बनायौ । छोरिको plus two पनि सकिनै लागेको थियोे । बाबा अफिसको कामले भ्याली बाहिर हुनुहुन्थ्यो ।

एकदिनको कुरा हो, पुष महिनाको अत्यन्तै जाडोको दिन थियोे बादलले पुरा आकाश ढाकेर तुसारो फैलिरहेको थियो । उता साकार भ्याली बाहिर गएको चार दिन भैसक्दा नि फोन नलागेर मेरो मनमा आधी हुरि र भुइचालो आईसकेको थियोे । त्येसैले मैले उसको सङै काम गर्ने साथी समिरलाई पनि फोन गरे, उहाँको फोन पनि रिशिभ भएन, मेरो मनमा अनेकौं तरङ्ग खेल्न थालेका थिए । मेरो घर बाट लगभग आधा घन्टाको बाटो टाढा उहाँको घर पर्थ्यो । त्येसैले मैले उहाँको घरमै गएर बुझ्ने निधो गरेर नानी र म सङै गयौ । उहाँ पुग्दा, सर घरमा हुनुहुदैन थियो । म्याडम हुनुहुदो रैछ । उहाँले हासिलो पारामा हामिलाई स्वागत गर्दै भन्नुभयो, ओहो !! आज त घाम पनि कता बाट उदायो होला ह ? झुक्किएर त हाम्रो घरमा आईपुग्या होइन होला नि होइ ।

अनि मैले निराश हुदै भने अरु कुरा छोडनुन म्याडम सरको फोन किन रिशिभ हुदैन क्या । हेर्नुन प्रकुतिको बाबाको फोन अफ छ, भएको के होला, एकचोटी फोन लगाउनु उहाँको फोनमा म कुरा गर्न चाहान्छु अनि उहाँले, केहि नबोली आउनुहोस् किचेन तिर जाउ चिया खाजा खाएर कुरा गरुम्ला, भन्नुभयो तर म छिटो प्रतिउत्तर चाहिरहेकी थिए । उहाँले चिया बनाउने तयारी गर्दै हुनुहुन्थ्यो उहाँको फोनमा घन्टी बज्यो यसो हेरेको सरको रैछ मैले उहाँलाई फोन रिशिभ गर्न आग्रह गरे उहाँले मान्नुभएन अनि म आफैले फोन उठाएर हेल्लो मात्र के, भनेको थिए उताबाट आवाज आयो, उर्मिला… साकार सर त बाच्नुहुन्न क्यारे जाउ त सरु म्याम र छोरिलाई खबर गर भन्नु भयो … म छागाबाट खसे जस्तो भए र रुन थाले उर्मिला दिदि, के भो मेरो साकारलाई कस्ले के गर्यो … मेरो खुशिलाई … भन्नुहोस् भन्दै रोए एक्छिन त मलाई पुरै आकाश खसेर थिचेको भान भयो, छेउमा नै छोरी प्रकुती मेरो हात समाएर रोइरहेकी थिइ … उसलाई चुप लगाउन नि म आखाबट आशु नखसाली उहाँ सङ जवाफ माग्दै थिए । दिदि के भयो मेरो साकारलाई भन्नुहोस् न भने उहाँले भन्नुभयो, एक्सिडेन्ट् भएछ उहाँहरु चडेको गाडी । अनि समिरलाई के भा छ रे त, भने उहाँको एउटा खुट्टा भाचिएको छ रे । छोरा गएको छ बाबालाई साथी, तर सरलाई अलि धेरै भएछ क्यारे होसमा आउनु भएको छैन रे । मैले फेरि एकपटक त्येहा मैले छोरी जन्माएको रैछु भन्ने भान गरेर रोए, यदि छोरा थियोे भने म पनि जा बाबु तेरो बुबाको हाल बुझेर आईजो भन्न सक्थे होला, तर म त्येतिबेला त्येसो भन्न असमर्थ थिए र म अफै जाने निर्णय गरेर कयौं आशुको धारा बगाउदै घरतिर लाग्यौ ।

घरमा आईपुग्दा, यो मन भक्कानिएर आयो मलाई लाग्यो, सरु म हिडे है राम्रोसँग बस छोरीको केयर गर्नु भन्ने उहाँको बोली नै मेरो लागी अन्तिम अमृत रहेछ क्यारे भनेर त्येसपछी छोरीले भन, ममि म जान्छु बाबाकोमा भेट्न हजुर जानु पर्दैन जे जस्तो भएनी म बाबालाई यहि लिएर आउछु भनी । तर म कहा सक्थी र ? एक्लै छोरीलाइ भ्याली बाहिर बाबाको बिना स्वासको सरिर भेट्न जान दिनलाई, मैले हुन्न नानी म नि जान्छु भने र हामी जानी तयारीमा थियौ । उताबाट फोन आयो साकारको अफिसको बोसको रहेछ उहाँले, भन्नुभयो तपाईंहरु यता आईरहनु पर्दैन बिरामी दिउसो काठमाडौ नै ल्याउने कुरा भा छ एयपोर्ट गएर बस्नु हामी त्येही आईपुग्छौ ।

त्येसपछी मैले केहि बोल्न नपाई फोन काटियो मलाई लाग्यो अब साकर हामी समक्ष आईपुग्दैन, स्वास तीब्र गतिमा चलेको छ केहि भन्न खोज्छु छोरीको निर्दोष आखा बाट बर्सेको भेलले बोल्न सक्दिन, प्रकुती, नानी छेउमै आएर मलाई सम्झाउदै छे । ममि केहि हुन्न बाबालाई हजुर न आतिनु, अब केहि समय धैर्य गर्यौ । हामीबाट कसैले अलग गर्न सक्दैन हाम्रो बाबालाई । छोरी मलाई हेर्न सक्दिन, उ आफै भावबेहोल छे, घोप्टे परेर आशु झार्दै लामो स्वास फेर्छे ।

मलाई लाग्छ मेरो छोरी नि कसैको छोरा भन्दा कम जिम्मेवारी छैन बेलुकाको सात बज्न लाग्यो हामी साकारको प्रतीक्षामा एयरपोर्टमा छौ, दुनियाँ आउने जानेको खुशी र रुवाई चलिरहेको छ त्यो रुवाई देख्दा एक हिसाबले मलाई एयरपोर्ट र मसानघाट उस्तै हो जस्तो लाग्छ । बल्ल साकारको साथीहरू बाहिर निस्के … मैले उहाँहरुलाइ बाटो छेक्दै सोधे खोइ मेरो साकारको लास … सबै चुप भए, समिरको छोरा गौरवले छेउमै आएर भन्यो … अन्टि न आतिनु अन्कललाई केहि भएको छैन उहाँलाइ निको हुन्छ त्येसो भए खोइ त उहाँ भने मैले, उस्ले भन्यो भित्र हुनुहुन्छ एक्छिनमा बाहिर निकाल्नु पर्छ । त्येस पछि म धेरै रोए गौरव र प्रकुतिले छेउमै बसेर अनेकौं कुरा गरेर मलाई सम्झाउन थाले एकैछिनमा एम्बुलेन्स आयो र बिरामी लगेर गयो तर म साकारकै प्रतीक्षामा थिए बाहिर आउछ र म भेट्न पाउछु भनेर, तर त्यो एम्बुलेन्समा पठाएको बिरामी नै मेरो साकार रहेछ
….क्रमस


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.