Nepal's No. 1 Digital Newspaper

भोलिदेखि पोखरमा सडक महोत्सब, ३० प्रतिशत होटल अग्रिम बुकिङ

नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा भोलि शनिबारदेखि संचालन हुने पोखरा सडक महोत्सवमा आउने पाहुँनाहरुको स्वागतार्थ आयोजक रेवान पोखरा तथा स्थानिय होटल एवं रेष्टुरेण्ट सहितका व्यवसायीहरुले लेकसाइड क्षेत्रमा सिंगारपटार गरी झकीझकाउ पारेका हुन् । पोखराको शहिद चोक, हल्लन चोक, खहरे चोकको करिब ३ किलोमिटर क्षेत्रमा विभिन्न तुल व्यानर तथा स्वागत गेट एवं झिलिमिली बत्तीले सडक क्षेत्रमा झकिझकाउ पारिएको महोत्सवका प्रचार संयोजक विश्वराज पौडेलेले बताए ।

अफसिजनको समयमा सडक महोत्सवले धेरै होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई ठुलो राहत हुने उनले बताए । सडक महोत्सवमा विभिन्न परिकारका खाना, सांस्कृतिक कार्यक्रम नाचगान एकै ठाउँमा उपलब्ध हुने भएकाले गर्दा अँग्रेजी नयाँ बर्षमा आन्तरिक पर्यटकको पोखरा गन्तब्य नै भएको संयोजक पौडेलले बताए । यस बर्षको २१ औं पोखरा सडक महोत्सवको तयारी पुरा भएको सह-संयोजक बसन्त गौतमले बताए ।

Order Now: 98510-87891

पुस १६ गतेसम्म पोखराको लेकसाइड स्थित करिब ३ किलोमिटर सडक क्षेत्रमा चल्ने महोत्सवमा विभिन्न जनजातिका खाना, नेपाली कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, बेलुका नेपालकै चर्चीत ब्याण्डहरुको प्रस्तुती रहने व्यवस्था मिलाएको उनले बताए । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारासहित लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाउने आफुहरुले तयारी गरिएको अर्का सह-संयोजक नरेश भट्टराईले बताए ।

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराका निवर्तमान अध्यक्ष एवं सांस्कृतिक संयोजक चौबहादुर गुरुङले यस बर्ष पनि महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न जनजातिको कला संस्कृति झल्कने भेषभुषासहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको बताए । हालसम्म होटलमा करिब ३० प्रतिशत अग्रिम बुकिङ भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

उनका अनुसार यति बेला पोखरामा होटलको अकुपेन्सि करिब २५ प्रतिशत मात्र रहेको छ । उनले भने “ यस बर्ष पर्यटनको सिजन अक्टुबर तथा नोबेम्बरमा पनि अधिकत्तम ६० प्रतिशतसम्म पनि होटल अकुपेन्सि हुन सकेन्, सडक महोत्सवको अवसरमा पनि ८५ प्रतिशतसम्म केही दिनको लागि होटल अकुपेन्सि हुने हामीले अपेक्षा गरेका छौं । ” लेकसाइड क्षेत्रमा मात्र करिब पर्यटकीय स्तरका ५ सय होटल भएको बताएका उनले एकै रातमा लेकसाइडमा करिब १८ हजार पर्यटकलाई राख्न सकिने जनाए । पोखरा क्षेत्रमा हालसम्म करिब ७ सय वटा पर्यटकीय स्तरका होटलहरुमा करिब एकै रातमा ३० हजार बेडमा ३० हजार पर्यटकलाई व्यवस्थापन गर्न सकिने अध्यक्ष तुलाचनले जनाए । सडक महोत्सवमा करिब ५० प्रतिशतसम्म अग्रिम बुकिङ भए पनि अन्य होटल अन्तिम समयमै बुकिङ हुने परिपाटी रहेको उनले जनाए ।

पोखरा क्षेत्रमा हालसम्म करिब ७ सय वटा पर्यटकीय स्तरका होटलहरुमा करिब एकै रातमा ३० हजार बेडमा ३० हजार पर्यटकलाई व्यवस्थापन गर्न सकिने अध्यक्ष तुलाचनले जनाए । सडक महोत्सवमा करिब ५० प्रतिशतसम्म अग्रिम बुकिङ भए पनि अन्य होटल अन्तिम समयमै बुकिङ हुने परिपाटी रहेको उनले जनाए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.