Nepal's No. 1 Digital Newspaper

विमानस्थलमा रोकिराखेको विमान चोर्ने प्रयास

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नो योशिमाइट अन्तराष्ट्रिय विमानस्थलबाट विमान चोर्न लागेको आरोपमा एक जना १७ वर्षकी युवती पक्राउ परेकी छन् । प्रहरीका अनुसार ती किशोरी विमानस्थलको तारजालीबाट चढेर विमान रोकिराखेको स्थानमा पुगेकी थिइन् । 

उनले त्यहाँ एक सानो आकारको विमान सुचारु गरेकी थिइन् । नाम नखुलाइकी ती किशोरीले विमान केही पर गुडाएको भए पनि विमान उड्नु अघि विमानस्थलको एक संरचनाको भित्तामा गएर ठोक्कियो ।

Order Now: 98510-87891

विमानस्थलले विमान ठोक्किनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । विमानस्थलका प्रहरी प्रमुख ड्यू बेसिन्गरले घटनाको पुष्टि गर्दै विमानमा ठूलो क्षति पुगेको भए पनि युवती भने सकुशल रहेको बताए । किशोरीलाई पछि प्रहरीले विमानचोरीको आरोपमा हिरासतमा लिएको छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.