Nepal's No. 1 Digital Newspaper

आईएसले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या

काठमाडौं, १२ पुस । नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या । आतंकवादी समूह स्लामिक स्टेट -आईएस ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ ।

आफ्नो समाचार एजेन्सी अमाकमार्फत् एक भिडियो सार्वजनिक गर्दै आईएसले ११ जनाको हत्या गरेको जानकारी दिएको हो । ५६ सेकेण्डको उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ । बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाइएको छ र त्यहीँ घाँटी रेटेर हत्या गरिएको देखिन्छ ।

Order Now: 98510-87891

हत्या गरिएकाहरु सबै पुरुष छन् । यद्यपि उनीहरुको परिचय भने खुलेको छैन । आईएसका अनुसार उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको थियो । अमेरिकी विशेष फौजको कारबाहीमा गत २६ अक्टुबरमा आईएस नेता अल बगदादीको मृत्यु भएको थियो । यो घटनापछि आईएसले बदला लिनका लागि नयाँ अभियान सुरु गर्ने घोषणा गरेको थियो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.