मेलम्चीकाे मुहानमा अहिले निर्माणको काम धमाधम
काठमाडौँ, मेलम्चीकाे मुहानमा धमाधम काम । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ । इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवर्क्स निर्माणको काम भइरहेको छ ।

आयोजनाको काम अहिलेसम्म ९५ प्रतिशत काम सकिएको छ। निर्माण व्यवसायीलाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधिभन्दा अघि नै काम सकिने आयोजनाको दाबी छ। असार मसान्तभित्र डाईभर्सनबाट भएपनि काठमाडौंको सुन्दरी जलमा पानी झार्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ। टनेलको काम ९० प्रतिशत र हेडवर्क्स काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए।
मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ३५ लाख जनसंख्या लाभान्वित हुनेछन्।