सिद्धबाबाको बयान अदालतभित्र , बाहिर भजनकिर्तन
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका (सिद्धबाबा भनिने कृष्णबहादुर गिरी माथि जिल्ला अदालत सुनसरीमा थुनछेक बहस चलिरहेको छ।
सिद्धबाबालाई शुक्रबार अस्पतालको आइसियुबाट शुक्रबार अदालतमा उपस्थित गराइएको थियो।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको थुनछेक बयान चलेको श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए।
बिरामी भएको भन्दै उनी विराट नर्सिङ होममा बसिरहेका थिए। उनी विरूद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियूबाटै पक्राउ परे। प्रहरीले अनुसन्धान पनि उनलाई अस्पताल राखेरै गरेको थियो।
सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लगाउँदै बिहिबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।