अर्को वर्षको दशैंमा ‘छक्का पञ्जा ४

नेपालीहरुको महान पर्व दशैंमा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताबीच ठूलो रस्साकस्सी हुने गरेको छ । फिल्मको लगानी उठाउन दशैं विदा सबैभन्दा बढी उपयुक्त हुने भएकाले निर्माताहरु वर्ष दिन अगाडि नै दशैंका लागि फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप गरिरहेका हुन्छन् ।

हरेक वर्षझैँ अर्को वर्ष (२०७७) को दशैंमा पनि नेपाली फिल्मबीच ठूलो भिडन्त हुने देखिएको छ ।  अर्को वर्षको दशैंका लागि अहिलेसम्म मह जोडीको फिल्म र अशोक शर्माको फिल्म ‘अल्लारे २’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । त्यस्तै, ‘ए मेरो हजुर ४’ र ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने चर्चा छ । यसबीच, दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाउन लागेको फिल्म पनि अर्को वर्ष अर्थात् २०७७ सालको दशैंमा प्रदर्शनमा आउने तय भएको छ । 

 यस वर्ष ‘छ माया छपक्कै’ लिएर आएको यो टिमले अर्को वर्षको दशैंमा सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को चौथो श्रृंखला दर्शकमाझ पस्कने घोषणा गरेको छ । निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जि.जि.ए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा फिल्म वितरण गर्ने अधिकार दिएका छन् । शुक्रबार वितरक कम्पनीसँग उनको कागजी सम्झौता भएको हो ।

  दीपाश्री निरौलाले निर्देशन गर्ने ‘छक्का पञ्जा ४’ दशैंको फूलपातीमा प्रदर्शन हुने दीपकराजले बताए । अब यो फिल्मको भिडन्त मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्मसँग हुनेछ । अहिले फिल्मको कथामा काम भैरहेको निर्माता गिरीले जानकारी दिए । फिल्ममा उनीसँगै जितु नेपाल र केदार घिमिरेको प्रमुख भूमिका रहनेछ । फिल्मका लागि अभिनेत्री भने छनोट गरिएको छैन ।

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *