Nepal's No. 1 Digital Newspaper

सुनको मूल्यले नाग्याे ७३ हजार

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार त्यसको प्रतितोला मूल्य ७३ हजारभन्दा माथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बजारमा छापावाल सुन प्रतितोला ७३ हजार ३ सय र तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार तोलामै पाँच सय रुपैयाँ वृद्धि भएर नयाँ रेकर्ड कायम भएको हो ।

Order Now: 98510-87891

सुनको मूल्य वृद्धि भए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यमा शुक्रबार पनि कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.